बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारामा गौ संरक्षण अभियान अन्तर्गत पञ्चगव्य (गौमूत्र) अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।
विश्व हिन्दू युवा सङ्घका धार्मिक सद्भावना दूत योगी पिताम्बरको नेतृत्वमा मङ्सिर ४ गते बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा रहेको ठाकुरद्वारा मन्दिर परिसरमा पञ्चगव्य अनुसन्धान केन्द्रको शिलान्यास गर्न लागिएको विश्व हिन्दू युवा सङ्घका अध्यक्ष ऋषिकेशजंग शाहले जानकारी दिनुभयो ।
ठाकुरद्वारा मन्दिर परिसरमा मङ्सिर ४ गते शनिवारका दिन रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजा...