बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि पर्यटनमार्ग बनाइँदै

राँझा । बाँकेका धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्गको अवधारणा अगाडि बढाइएको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटनमार्ग निर्माणको अवधारणा अगाडि बढाइएको हो । ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर र धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्‍याउने गरी पर्यटनमार्गको परिकल्पना गरिएको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जानकारी दिए ।  उनका अनुसार उक्त पर्यटनमार्ग राप्तीसोनारी गाउँपालिका-१ स्थित शिवमन्दिर, वडा नं ३ बैजापुरस्थित भुवरभवानी मन्दिर, वडा नं ४ स्थित बर्फानी बाबा, वडा नं ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगञ्जको वागेश्वरी मन्दिरसम्म पुर्‍याउने योजना छ । कोहलपुरको कालिका मन्दिर, रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थल हुँदै गाभर क्षेत्रमा रहेको पारिजात बगानसम्म पुर्‍याउने गरी मार्ग तय गरिएको ढकालले बताए । उक्त मार्गको निर्माण योजनाबद्ध तरिकाले अगाडि बढाउन मदन भण्डारी धार्मिक पर्यटनमार्ग संरक्षण तथा प्रवर्द्धन समिति गठन गरिएको छ । जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर तथा धार्मिकस्थलको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्ग निर्माणको योजना बनाएर काम शुरू गरिएको समितिका अध्यक्ष खिलराज भुसालले बताए । ‘कतिपय ऐतिहासिक मठमन्दिरको संरक्षण नहुँदा जीर्ण भएका छन् भने प्रचारप्रसार नहुँदा जिल्लावासीलाई धार्मिक पर्यटकीयस्थलबारे जानकारी छैन,’ उनले भने, ‘पर्यटनमार्ग निर्माणपश्चात् त्यस्ता धार्मिकस्थलको संरक्षण हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ ।’ पर्यटनमार्ग निर्माण गरी प्रचार-प्रसार गर्दा एकैपटक धेरै धार्मिकस्थलको अवलोकन गर्न सकिने भएकाले यसले पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने जिल्ला पर्यटन प्रवर्द्धन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । धार्मिक पर्यटनमार्गले सहरका आन्तरिक धार्मिक पर्यटकलाई गाउँ-गाउँसम्म पुर्‍याउनुका साथै समाजलाई बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होम स्टेका अध्यक्ष कृष्ण चौधरीको भनाइ थियो । उनले गाभरको पारिजात बगानलाई उक्त मार्गले समेट्ने भएपछि समग्र गाभरको विकासमा सघाउ पुग्ने अपेक्षा गरे । बाँकेका ग्रामीण क्षेत्रमा सन्तानेश्वर, बाबा बर्फानी, भुवर भवानीलगायत धार्मिक क्षेत्रमा दैनिक सर्वसाधारण जाने गरेका छन् भने नेपालगञ्जको वागेश्वरी मन्दिरमा प्रत्येक सोमवार हुने महाआरतीमा भक्तजनको भीड लाग्ने गरेको छ । -रासस

सम्बन्धित सामग्री

धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान

जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन्।...

‘प्रमुख धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ जनकपुरधाम’

जनकपुरधाम। जनकपुरधामलाई धार्मिक पर्यटनको मुख्य गन्तव्य बनाउन निजीक्षेत्रले सरकारसँग माग गरेको छ । जनकपुरधाममा बुधवार नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सहकार्य र न्यू बिजनेश एज प्रालिको समन्वयमा आयोजित ‘धनुषाको अर्थ–सामाजिक रूपान्तरण’ विषयक अन्तरसंवादमा वक्ताहरूले जनकपुरलाई पर्यटकीय नगर बनाउन माग गरेका हुन् ।  संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले नेपाल–भारत सीमा नाकामा राम्रो र सहज वातावरण बनाइदिए पर्यटन प्रवर्द्धन हुन सक्ने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले बताए । संघीय, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्रको प्रवर्द्धन गरिदिएको भए खाद्यान्नमा आत्मनिर्भर हुन सक्ने उनको भनाइ थियो । न्यू बिजनेश एज प्रालिका अध्यक्ष एवम् प्रधान सम्पादक मदन लम्सालले मधेश प्रदेश आर्थिक सम्भाव्यतामा अगाडि भए पनि अवसरको उपयोग हुन नपाएको बताए । मधेशका अवसरको उपयोग हुन सके यसले देशकै अर्थतन्त्रको उत्थानमा सहयोग पुग्ने पनि लम्सालको भनाइ थियो । जनकपुरधामलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गरेर स्थानीय अर्थतन्त्र चलायमान गर्न सकिने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताएका छन् । प्रमुख धार्मिक, आर्थिक तथा व्यावसायिक क्षेत्र समेत रहेको जनकपुरधाममा एउटा अन्तरराष्ट्रिय विमानस्थल नहुनु दुर्भाग्य भएको उनको भनाइ थियो ।  धनुषाबाट विदेश गएका युवाले वर्षेनि करोडौं विप्रेषण पठाउने गरे पनि स्थानीय स्तरमै रोजगारी सृजना गर्न सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको उनको टिप्पणी थियो । कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिवशंकर साह (हिरा)ले धनुषाको लोहनामा मुस्लिम धर्म गुरु शेरे नेपालको मजार र महोत्तरीको रौजा मजारलाई मुस्लिम धर्मावलम्बीको धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए । यसबाट मुस्लिम पर्यटकको आगमन बढ्ने अपेक्षा उनले गरे । जनकपुरमा रहेको जानकी मन्दिर र धार्मिक स्थानहरूलाई राज्यले सधैं बेवास्ता गर्दै आएको उनको आरोप थियो । जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मल चौधरीले धनुषाको जनकपुर–जटही ६ लेन सडक भारतको विहार राज्यको मधुबनी जिल्लासँग जोड्नुपर्ने खाँचो औंल्याए । जटही नाकाबाट कोलकाता बन्दरगाहसम्म पुग्न नेपालका अन्य नाकाबाट भन्दा १५० किलोमिटर कम पर्ने उनले बताए ।

विकास निर्माण र धार्मिक पर्यटन रूपमा विकास गर्ने उम्मेदवारको प्रतिबद्धता

भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा क मा अपूरो रहेको विकास निर्माण तथा यस क्षेत्रलाई धार्मिक पर्यटन रूपमा विकास गर्ने उम्मेदवारहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।रफ्त सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।नेकपा एमालेका तर्फका उम्मेदवार किरण थापाले यस क्षेत्रमा रहेको विकासका अधुरा कामहरू जस्तै खानेपानी, सडक, ढल, शिक्षा, स्वास्थ्यलगायतलाई […]

धार्मिक पर्यटन यात्रा स्मरण गोसाईकुण्ड

डिल्ली सापकोटा । धार्मिक, सास्कृतिक, भौगोलिक रोमाञ्चक पर्यटकीय गन्तव्यहरुको छनौट भ्रमण गर्ने क्रममा साथीहरु योगेन्द्र, शेखर, विनोद, जीन, मृगेन्द्र, योगेन्द्र(भान्जा),राम र म प्राय एकै स्थल केही फरक भुगोल स्थलका रसुवा जिल्लामा ४,३८० मि.को उचाईंमा रहेको गोसाइँकुण्ड (निलकण्ठ तिर्थ) जनै पुर्णिमा मेला धार्मिक, सांस्कृतिक र ऐतिहासिक पर्यटनको मज्जा लिने निधो गर्यो । हिन्दु, बौद्ध र बोन […]

धार्मिक पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा रहेको ऐतिहासिक खड्गभवानी कोत मन्दिरको धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि पदमार्ग निर्माण भएको छ । पछिल्लो पाँच वर्षको अवधिमा कोतमन्दिर परिसरमा पदमार्गलगायत विभिन्न संरचनाहरु निर्माण गरिएको हो । खड्गभवानी कोत मन्दिरसम्म पुग्ने पदमार्ग, मन्दिरको मूल गेट तथा मर्मतसम्भार, प्लास्टर, पटाङ्गिनी निर्माण र घेराबारलगायत संरचनाहरु निर्माण गरिएको ज्यामरुककोट क्षेत्र विकास […]

समृद्धिको आधार धार्मिक पर्यटन : मुख्यमन्त्री पोखरेल

म्याग्दी : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिको मुख्य आधार धार्मिक पर्यटन भएको बताएका छन्। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सोमबार शुरू भएको ‘रत्नेचौर धार्मिक महोत्सवको उद्घाटन गर्दै उनले कालीगण्डकीको सभ्यता जोगाउन प्रदेश सरकारले विभिन्न योजना बनाएको बताए।प्रकृतिले नै उत्कृष्ट घुम्नुपर्ने स्थल बनाइदिएको हिमाल, पहाड र तराई क्षेत्रलाई समेटेर नेपालकै धार्मिक पर्यटनको नयाँ र उत्कृष्ट करिडोर बनाउन प्रदेश सरकार तयार रहेको बता

नेपाल-भारतबीच धार्मिक पर्यटन प्रवर्धन आवश्यक : पर्यटनमन्त्री आले

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको बताएका छन् । भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा काठमाडौँस्थित भारतीय राजदूतावासले आयोजना गरेको ६ दिने पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल र्‍यालीका सहभागीलाई नेपालको झण्डा हस्तान्तरण गर्दै उनले यस्तो बताएका हुन् । पशुपतिनाथ, काशी […]

‘धार्मिक पर्यटन प्रवर्द्धनका निम्ति शिव परिपथ अपरिहार्य’ : प्रेमबहादुर आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको बताएका छन् । भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा यहाँ स्थित भारतीय राजदूतावासले आयोजना गरेको छ दिने पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल र्‍यालीका सहभागीलाई नेपालको झन्डा हस्तान्तरण गर्दै उनले दुई देशबीचको धार्मिक पर्यटन प्रवर्द्धनका […]

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

न्युज अफ नेपाल, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा मुख्यमन्त्री पोखरेलले नवलपुरको त्रिवेणी, गजेन्द्र मोक्ष धामदेखि मुस्ताङको दामोदर कुण्डसम्मको क्षेत्रलाई धार्मिक कोरिडोरको रूपमा विकास गर्न सकिने बताएका […]