गोरखाको उच्च पहाडी भेगमा शुक्रबार बिहानैदेखि भारी हिमपात भएको छ । बारपाक, लाप्राक, सामागाउँ, क्षेकम्पार लगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकेको छ । १९ सय मिटर उचाइमा रहेको बारपाकमा शुक्रबार बिहान ९ बजेबाट हिउँ परेको स्थानीय तेजबहादुर गुरुङले बताए । बारपाक गाउँमा यस वर्ष पहिलो पटक शुक्रबार हिउँ परेको उनले बताए । ‘बारपाकको ठूलो गाउँ हिउँले ढाकेको छ,’ उनले भने ।