पहिलोपटक प्रधानमन्त्री भएका बेला बारपाक पुगेका ओलीले पाँचवटा बाचा गरेका थिए- दुई वर्षभित्र बारपाक सडक कालोपत्रे, एकीकृत बस्ती पुनर्निर्माण, भूकम्प स्मृति पार्क, जस्तापाताका लागि छुट्टै १५ हजार रुपैयाँ राहत र निजी आवास निर्माणका लागि सामूहिक जमानीमा ऋण। यीमध्यै बारपाकीले एउटै सेवा पाएनन्।