नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधव कुमार नेपालविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् । ४ मन्त्रीसहित १० सांसदले बजेट अधिवेशन चलिरहेका बेला मन्त्रिमण्डलमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको हेरफेर सही मान्न नसकिने भन्दै नेतृत्वविरुद्व मोर्चाबन्दी गरेका हुन् । विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपाल बहादुर वम, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र निरा जैरुले सचिवालय र स्थायी कमिटी बैठकको निर्णयप्रति आपत्ति जनाउदै दलको बैठक बोलाउन माग