काठमाडाैँ- काठमाडौँ महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा सवारीसधान पार्किङमा रोक लगाएको छ। महानगर प्रहरीले गत मंगलबारदेखि ट्राफिक जामको समस्या धेरै भएपछि पार्किङमा राेक लगाएकाे जनाएकाे हाे। महानगरले दरबारमार्गमा ३०-५० मिटरको दूरीमा ‘नो पार्किङ’ को बोर्ड राखेको छ। पार्किङ गर्न नपाएपछि उक्त क्षेत्र व्यवसायी तथा व्यापारीले आपत्ति जनाएका छन्। उनीहरूले महानगरपालिकाले दरबारमार्गको पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका […]