उपत्यकाका ३६ स्थानमा बहुतले पार्किङ, कहाँ–कहाँ बन्दैछन् यस्ता पार्किङ ?

बढ्दो सवारी चापलाई ध्यानमा राखी सरकारले काठमाडौँ उपत्यकाका ३६ स्थानमा बहुतले पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । नगर विकास कोषले सो प्रक्रिया अगाडि बढाएको हो । कोषले अति व्यस्त तथा व्यापारिक कारोबार बढी हुने उपत्यकाको ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए । पार्किङ निर्माणमा प्रस्तावसमेत माग गरिएको छ । राजधानीको थापाथली, त्रिपुरेश्वर, कालीमाटी, टेकु, सोल्टीमोड, कलङ्की, कुलेश्वर, बल्खु, नयाँसडक, ठमेल, नयाँबजार, पुतलीसडक, दरबारमार्ग,...

सम्बन्धित सामग्री

बुटवलमा ३० करोडकाे बहुतले पार्किङ भवन बन्ने

बुटवलमा बहुतले पार्किङ भवन निर्माण गर्न सम्झौता भएको छ । बढ्दो सवारी चाप र पार्किङ व्यवस्थित गर्न बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच लगानीका लागि सोमबार सम्झौता भएको हो । पार्किङ भवन निर्माणका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे । पार्किङ भवन निर्माण योजनाका […]

बुटवलमा बहुतले पार्किङ भवन निर्माणका लागि सम्झौता – देशसञ्चार

लुम्बिनी – बुटवलमा बहुतले पार्किङ भवनका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ। बुटवलमा बढ्दो सवारीको चाप र पार्किङ व्यवस्थित गर्न

थापाथलीमा बहुतले पार्किङ बन्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली कर्यालयमा रहेको १ रोपनी हाराहारी जमिनमा बहुतले पार्किङ निर्माण हुने भएको छ । त्यसको लागि नगर विकास कोष संभाव्यता अध्यन गर्ने तयारी गरेको हो । उपत्यकाका विभिन्न स्थानमा बहुतले पार्किङ बनाउन आएका प्रस्तावमध्ये कोषले पाइलट प्रोजेक्टको रूपमा थापाथलीको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जमिनमा संभाव्यता अध्यन गर्न […]

काठमाडौँका ३६ ठाउँमा बहुतले पार्किङ बनाउन प्रस्ताव माग, के के चाहिन्छ कागजात ?

काठमाडौँमा पार्किङको समस्या दीर्घ रोग जस्तै भईसक्यो । बेलाबेलामा काठमाडौँ महानगरपालिकाले ‘स्मार्ट पार्किङ’को हवला दिँदै लाइन लगाएर गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था गरेपनि यसले काठमाडौँको भद्रगोल पार्किङको समस्या समाधान गर्ने सम्भावना छैन ।अहिले बहुतले पार्किङको विषय चर्कोसँग बहसमा छ । टंकाल नजिकैको भाटभटेनीमा बहुतले पार्किङ बनेको छ । प्राईभेट सेक्टरले अन्य स्थानमा पनि बहुतले पार्किङ निर्माणको काम थालेका छन् । नगर विकास कोष तात्योबहुतले मेकानिकल पार्किङ निर्माणका लागि अहिले नगर विकास कोष जुरमुराएको छ । कोषले १ वा २ स्थानमा होइन, ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माणको लागि लगानी प्रस्ताव गरेको छ । कोषले शुक्रबार एक सूचना जारी गर्दै कम्तीमा ८ आनाभन्दा बढी क्षेत्रफल भएका जग्गामा बहुतले मेकानिकल पार्किङ निर्माण तथा संचालन गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैर सरकारी संस्थासँग प्रस्ताव माग गरेको छ ।बहुतले मेकानिल पार्किङ निर्माण र सञ्चालनका लागि इच्छुकले माघ ७ गतेको मितिले १५ दिनभित्र प्रस्ताव पेश गर्नु पर्नेछ । कहाँ कहाँ बनाइँदैछ बहुतले पार्किङकोषले काठमाडौँ उपत्यकाका ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माण गर्ने गरी सूचना निकालेको हो । कोषले जारी गरेको सूचनामा थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कंलकी, कुलेश्वर, बल्खु, नयाँ सडक (न्यू रोड), ठमेल, नयाँ बजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, चाबहिल र मित्रपार्क सम्भाव्य स्थान तोकेको छ । प्रस्ताव पेश गर्दा के के चाहिन्छ ?त्यस्तै, लैनचौर, लाजिम्पाट, महाराजगंज, बालुवाटार, विशालनगर, भाटभाटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडिगाँउ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपन्डोलमा यस्तो पार्किङ निर्माण तथा सञ्चालन गर्नेगरी प्रस्ताव पेश गर्नुपर्नेछ ।प्रस्ताव पेश गर्दा यस्तो पार्किङ निर्माण हुने जग्गाको लालपुर्जाको प्रतिलिपि, नापी नक्साकोे सक्कल प्रति, प्रस्ताव पेश गर्ने संघ संस्थाको नवीकरण, संस्था दर्ता प्रमाणप्रत्रको प्रतिलिपि र संस्थाको आधिकारिक निर्णय आवश्यक पर्ने कोषले जनाएको छ ।

काठमाडौं उपत्यकामा बहुतले पार्किङको अवधारणा, २ वर्षभित्र तयार गर्ने लक्ष्य

काठमाडौं उपत्यकामा बढ्दो सवारीसाधनको चाप र पर्याप्त पार्किङ क्षेत्र नहुँदा हुँदै आएको सास्ती कम गर्न बहुतले पार्किङ बनाउने परियोजना अघि सारिएको छ । काठमाडौं उपत्यकामा बहुतले पार्किङ बनाउने चर्चाका बीच नगर विकास कोषले २ वर्षभित्रमा विभिन्न ३६ स्थानमा पार्किङ बनाउन ऋण लगानी गर्ने भएको छ । कोषले अहिले विभिन्न ३६ स्थानमा पार्किङ आवश्यक देखिएको भन्दै स्थानहरू तोकेर सम्बद्ध निकायहरूसँग प्रस्ताव माग गरेको छ । यी स्थानमा कम्तीमा १०० सवारीसाधन पार्किङ गर्ने संरचना विकास तथा निर्माण गर्दा करीब रू. ३ अर्ब ६० करोड लगानी आवश्यक पर्ने देखिए...

बहुतले पार्किङ बनाउन रू. ३ अर्ब ६० करोड लगानी : २ वर्षभित्र तयार गर्ने लक्ष्य

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारीसाधनको चाप र पर्याप्त पार्किङ क्षेत्र नहुँदा हुँदै आएको सास्ती कम गर्न बहुतले पार्किङ बनाउने परियोजना अघि सारिएको छ । काठमाडौं उपत्यकामा बहुतले पार्किङ बनाउने चर्चाका बीच नगर विकास कोषले २ वर्षभित्रमा विभिन्न ३६ स्थानमा पार्किङ बनाउन ऋण लगानी गर्ने भएको छ । कोषले अहिले विभिन्न ३६ स्थानमा पार्किङ आवश्यक देखिएको भन्दै स्थानहरू तोकेर सम्बद्ध निकायहरूसँग प्रस्ताव माग गरेको छ । यी स्थानमा कम्तीमा १०० सवारीसाधन पार्किङ गर्ने संरचना विकास तथा निर्माण गर्दा करीब रू. ३ अर्ब ६० करोड लगानी आवश्यक पर्ने देखिएको छ । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आयोजना पहिचान भएका स्थानमा २५ वर्षसम्मका लागि ऋण लगानी गरिने बताए । ‘एउटा बहुतले पार्किङ भवन अर्थात् १०० सवारीसाधन अटाउन सक्ने संरचना विकास गर्न अधिकतम रू. १० करोडसम्म लागत पर्न जान्छ,’ सापकोटाले भने । सामान्यतया एउटा कार तथा सवारीसाधन पार्किङ गर्ने संरचना निर्माणमा न्यूनतम रू. ८ लाखदेखि अधिकतम रू. १० लाखसम्म लागत आवश्यक हुने आकलन गरिएको उनले बताए । यो लगानी कोषले ऋणका रूपमा गरिदिनेछ । अहिले छनोट भएका अधिकतम स्थानमा पार्किङ बनाइने उनले बताए । शहरी विकास मन्त्री तथा सचिवज्यूबाट पनि निरन्तर चासो आएकाले यो परियोजना कार्यान्वयनमा जाने उनको दाबी छ । स्थान छनोट, डिजाइनदेखि निर्माण सम्पन्न गर्दासम्म २ वर्षजति लाग्ने उनले बताए । कोषले सम्भावित ३६ स्थानमा आवश्यक पर्ने देखेर ती स्थान तोकेको भन्दै उनले अन्य स्थानबाट पनि प्रस्ताव तथा माग आएमा अध्ययन गरेर ऋण लगानी गरिने बताए । १५ दिनभित्रमा प्रस्ताव पेश गर्न भनेको कोषले आएका प्रस्तावहरूको अध्ययन गरेर अघि बढिने उनले बताए । कोषले शुक्रवार सूचना जारी गर्दै उक्त अवधिभित्र परियोजना निर्माण तथा सञ्चालन गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाहरूसँग लिखित कागजात माग गरेको छ । कोषले बहुतले मेकानिकल पार्किङ बनाउन कम्तीमा ८ आनाभन्दा बढी क्षेत्रफल भएको जग्गा आवश्यक पर्ने उल्लेख गरेको छ । यसका साथै प्रस्ताव पेश गर्दा उक्त क्षेत्रफलसहितको जग्गाधनी प्रमाणपत्र (लाजपुर्जा)को प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघसंस्थाको नविकरणसहितको दर्ता प्रमाणपत्रको प्रतिलिलि, प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णयजस्ता कागजातहरू पेश गर्न पनि कोषले आग्रह गरेको छ । उक्त सूचनाअनुसार कोषले सम्भाव्य स्थानहरूमा थापाथली, त्रिपुरेश्वर, टेकु, सोल्टीमोड, कलंकी, कुलेश्वर, बल्खु, नयाँसडक, ठमेल, नयाँबजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बनोश्वर, गौशला, चाबहिल, मित्रपार्क, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार,विशालनगर, भाटभटेनी,ज्ञानेश्वर, नक्साल, गैह्रीधारा, हाँडीगाउँ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपण्डोल छन् ।

भाटभटेनीले सञ्चालनमा ल्यायो नेपालकै पहिलो ‘बहुतले पार्किङ’

भाटभटेनी सुपरमार्केटमा नेपालकै पहिलो ‘स्मार्ट पार्किङ’ सञ्चालनमा आएको छ । भाटभटेनीको टंगालस्थित पूरानो आउटलेटमा नेपालकै पहिलो ११ तले बहुतले पार्किङ आइतबारदेखि सञ्चालनमा आएको हो ।४ आना क्षेत्रफलमा बनेको ११ तले पार्किङमा ४४ वटा गाडी अटाउने बताईएको छ । चिनियाँ प्रविधिमा आधारित रहेर तयार पारिएको पार्किङ भारतीय प्राविधिकले निर्माण गरेका हुन् । उक्त बहुतले पार्किङमा सवारी (कार) पार्किङ गर्दा पार्किङस्थलमा पुगेपछि एउटा कार्ड पाइन्छ । उक्त कार्ड स्क्यान गरेपछि कुन ठाउँमा खाली छ त्यही ठाउँमा लगेर आफैँ गाडी पार्किङ हुनेछ । पछि फेरि सो कार्ड स्क्यान गरेपछि गाडी तल झर्छ ।हाइड्रोलिक प्रणालीबाट सञ्चालनमा आएको स्मार्ट पार्किङले पार्किङको समस्या केही हदसम्म समाधान गर्ने विश्वास भाटभटेनीको छ ।

बहुतले पार्किङ तथा सिनेमा हल बन्ने

इलामको पुरानो बसपार्कको स्तर उन्नति गरिने भएको छ । हाल रहेको इलाम बजारको पुरानो बसपार्कलाई स्तर उन्नति गरेर बहुतले पार्किङ तथा सिनेमा हल बनाइने भएको हो ।