लघुवित्तीय संस्थाको ज्यादती विरुद्ध पश्चिम नवलपरासीका लघुवित्तपीडित अनिश्चितकालीन धर्नामा बसेका छन् । शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी परिसरमा पीडितले अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् । ऋणीलाई अनावश्यक तनाव दिने, ऋण समयमा तिर्न नसक्नेलाई धम्क्याउने र अग्रिम चेक काट्न लगाएर चेक बाउन्सको मुद्दा लगाउने धम्की दिएको भन्दै लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति आन्दोलनमा उत्रिएको हो ।