मनोरञ्जनको पूर्ण प्याकेज– थ्रिल फ्याक्ट्री

वीरगञ्ज। तपाईं पहिलोपटक वीरगञ्ज आउँदै हुनुहुन्छ ? औद्योगिक शहर वीरगञ्ज भन्नेबित्तिकै उद्योग, व्यापार, भन्सार नाका र त्यहाँ ढुवानीका साधनको लाइन, जो कोहीको मानसपटलमा यही बिम्ब निर्माण हुन्छ । त्यसबाहेक यहाँ आइपुगेर घुम्नैपर्ने ठाउँ कुनकुन होलान् ? वीरगञ्जको घरिअर्वा पोखरी, गहवा मन्दिर, घण्टाघर, शंकराचार्य द्वार र सीमापारिको रक्सौल शहर । त्योभन्दा पर छिमेकी जिल्ला बारामा पर्ने गढीमाई मन्दिर । यस्तै सोचिरहनुभएको छ भने तपाईंलाई वीरगञ्जमा घुम्नैपर्ने मनोरञ्जनात्मक ठाउँबारे पूर्ण जानकारी छैन । वीरगञ्ज–पथलैया कोरिडोरमा पर्ने चैनपुरमा मनोरञ्जनको पूर्ण प्याकेजसहितको थ्रिल फ्याक्ट्री सञ्चालनमा आएको छ । औद्योगिक तथा व्यापारिक घराना चाचान समूहले सञ्चालन गरेको यो मनोरञ्जनात्मक उपक्रममा पछिल्लोपटक थ्रिल अफरोड ट्र्याक थपिएको छ । यससँगै मनोरञ्जनका लागि इनडोर र आउटडोरमा पूर्ण प्याकेज तयार भएको सञ्चालक निखिल चाचानले जानकारी दिए ।  ‘औद्योगिक शहर वीरगञ्जमा मनोरञ्जनस्थलको कमी थियो । उक्त कमीलाई पूर्ति गर्ने उद्देश्यले १० महीनाअघि थ्रिल फ्याक्ट्री इनडोर पार्क शुरू गरेका थियौं । भर्खरै अफरोड ट्र्याक सञ्चालनमा ल्याएपछि मनोरञ्जनको पूर्ण प्याकेज तयार भएको छ,’ सञ्चालक चाचानले भने ।  चाचान समूहले गत वैशाखमा थ्रिल फ्याक्ट्रीमा वाटर पार्क थपेको थियो । अब बालबालिकादेखि वयस्कसम्मका लागि मनोरञ्जनको पूर्ण पूर्वाधार तयार भएको चाचानले बताए । पारिवारिक र समूहिक रूपमा हुने सबै खालका भ्रमणलाई लक्षित गरेर थ्रिल फ्याक्ट्रीले सेवा प्रदान गरेको उनले जानकारी दिए । ‘वीरगञ्ज भन्नेबित्तिकै उद्योग, व्यापार, भन्सार नाकामात्रै बुझ्ने गरिएको छ । अब यो चिनारी फेर्नुपर्छ । यो शहरलाई मनोरञ्जनको हब बनाएर पर्यटक आकर्षित गर्न सकिन्छ,’ चाचानले विश्वास व्यक्त गरे ।  थ्रिल अफरोडमा अहिले विभिन्न प्रकारका ६ ओटा गाडी राखिएका छन् । उबडखाबड बाटोमा गाडी चलाएर मनोरञ्जन लिन चहानेलाई लक्षित गरेर २ बिगाहा क्षेत्रफलमा यो ट्र्याक तयार पारिएको हो । अफरोड ट्र्याक र त्यससम्बन्धी सुरक्षा सावधानीको मापदण्डअनुसार तयार पारिएको यो नेपालमै पहिलो अफरोड ट्र्याक भएको उनले बताए ।  थ्रिल फ्याक्ट्रीमा बितेको १० महीनामा ५० हजार जनाले भिजिट गरिसकेको समूहले बताएको छ । पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र छिमेकी देश भारतका पर्यटक बढी आउने गरेका छन् । चाचान समूहले यसमा अहिलेसम्म १७ करोड रुपैयाँ लगानी गरिसकेको छ ।  यो समूहले सञ्चालन गरेको वाटरपार्क मधेशमै पहिलो हो । यसमा वेभ पुल (समुद्री छालको अनुभूति हुने पोखरी), जाकुजी (पानीबाट हुने मसाज), ट्युब स्लाइड, स्वीमिङ पुललगायत मनोरञ्जनात्मक क्रियाकलाप छन् । इनडोर पार्कमा ट्रेम्प्लिङ, गो कार्टिङ, रोप कोर्स, जीप साइकललगायत मनोरञ्जनका तीन दर्जन क्रियाकलाप सञ्चालनमा छन् । थ्रिल फ्याक्ट्री परिसरमै रेस्टुराँ र संगीतका पारखीका लागि कारोओके रुम पनि सञ्चालनमा ल्याइएको समूहले बताएको छ । 

सम्बन्धित सामग्री

जापानी राजदूतावासका मिसन उपप्रमुखद्वारा फ्याक्ट्री अवलोकन

नेपालका लागि जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराले विरगञ्जस्थित केएनपी फ्याक्ट्री अवलोकन गरेका छन्।...

सोनामको पहिलो फ्याक्ट्री आउटलेट सहितको नयाँ शोरुम कलंकीमा

काठमाडौं । नेपाली ब्रान्ड सोनामले आफ्नो पहिलो फ्याक्ट्री आउटलेट हिमालय कम्ल्पेक्स कलंकीमा सञ्चालनमा ल्याएको छ । सोनामको यो आउटलेट सहित शोरुम संख्या २३ वटा पुगेको छ । यो आउटलेटमा वर्षैभरि विभिन्न आइटमहरुमा छुट दिइरहने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ शोरुममा कम मूल्यका उही गुणस्तर तर सबै कलर र साइजका […]

११ तस्वीरमा हेर्नुहोस् सुन तस्करको टोखा फ्याक्ट्री

१९ साउन, काठमाडौं । राजस्व अनुसनधान विभागले १३ साउनमा काठमाडौंको टोखामा सुन तस्करले सञ्चालन गरेको फ्याक्ट्री सिल गर्‍यो । तस्कर समूहका नाइके दावा छिरिङ र उनको सम्पर्कका आरोपितको बयानका आधारमा विभागले टोखा फ्याक्ट्रीमा छापामारी गरी सिल गरेको थियो । विभागले शुक्रबार उक्त गोदाममा रहेका सामानहरुको विवरण संकलन सुरु गरेको छ । सुन भित्र्याउनका लागि खोलिएको फर्जी […]

चीनको सांघाइमा ठूलो ब्याट्री फ्याक्ट्री निर्माण गर्ने टेस्लाको घोषणा

अमेरिकी कार निर्माता कम्पनी टेस्ला इन्कर्पोरेसनले नयाँ मेगा फ्याक्ट्री निर्माण गर्ने घोषणा गरेको छ । टस्लाले चीनको सांघाइमा नयाँ मेगा फ्याक्ट्री निर्माण गर्न लागिएको सीईओ एलन मस्कले ट्वीटरमार्फत घोषणा गरेका हुन् । उक्त नयाँ ब्याट्री फ्याक्ट्री कम्पनीको ऊर्जा भण्डारण उत्पादन मेगाप्याकको निर्माण गर्न समर्पित हुने मस्कले बताएका छन्।   Tesla opening Megapack factory in Shanghai to supplement output of Megapack...

सामसुङको फ्याक्ट्री नवलपरासीमा

मुलुककै प्रतिष्ठित व्यापारिक घराना गोल्छा ग्रुपले नवलपरासीको रामग्राम नगरपालिकामा सामसुङ टेलिभिजनको फ्याक्ट्री सञ्चालनमा ल्याउने भएको छ।...

अब सामसङ टिभी नेपालमै बन्ने, नवलपरासीमा फ्याक्ट्री शिलान्यास

८ भदौ, काठमाडौं । अब नेपालमै सामसङ टिभी बन्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो । तत्कालका लागि टिभी मात्रै उत्पादन गर्ने गरी बन्न लागेको फ्याक्ट्रीको बुधबार शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र […]

मंगलम पाइप्सको डिलरहरुद्वारा मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण

काठमाडौं । नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले गत हप्ता रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तै गरी गत असार १८ गते डिलरहरुले पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन गरेका थिए।उद्योगमा भएका अत्याधुनिक उपकरणहरु र उत्पादन प्रकृयाको बारेमा प्रत्यक्ष अनुभव दिने उदेश्यले उक्त कार्यक्रम आयोजना […]

रुपन्देहीको फाइवर फ्याक्ट्री  डुबानमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक फ्याक्ट्रीमा  डुबानमा परेको छ । प्रहरीका अनुसार  तिलोत्तमा–२ , देवकोटा पथमा रहेको  सापकोटा फाइवर फ्याक्ट्री   डुबानमा  परेको हो । उक्त फ्याक्टरी  डुबानमा  पर्दा  करिव ३५ लाख बराबरको क्षति भएको  फ्याक्ट्रीमा मालिकले दाबी गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालले जानकारी दिए ।

नेबिकोको ५७औं स्थापना दिवसको अवसरमा बालाजु र गौरीघाटमा फ्याक्ट्री आउटलेट संचालन

काठमाडौँ । नेबिको बिस्कुटले आफ्नो ५७औं स्थापना दिवस मनाएको छ । सन् १९६४ मा स्थापना भएको कम्पनीले स्थापना दिवसको अवसर पारेर काठमाडौंको बालाजु र गौरीघाटमा फ्याक्ट्री संचालनमा ल्याएको छ ।कम्पनीले आफ्नो सेवालाई विस्तार गर्नका लागि नेबिको रिटेल्स प्राइभेट लिमिटेड मार्फत् काठमाडौंका बालाजु र गौरीघाट चोकमा दुईवटा फ्याक्ट्री आउटलेट संचालनमा ल्याएको छ । सो उद्घाटन नेबिको प्रालिका जेनेरल म्यानेजर केशव भट्टराई, कार्यकारी निर्देशक राजेश रौनियारले संयुक्त रुपमा गरेका हुन् ।कम्पनीले बिहान ७ बजेदेखि बेलुका ७ ब

बाँस्कोटाको ठोकुवा : नेपालका कैयन् 'मिडिया फेक न्युज प्रोडक्सन फ्याक्ट्री' हुन्

काठमाडाैं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका कैयन् मिडिया 'फेक न्युज प्रोडक्सन फ्याक्ट्री' भएको ठोकुवा गरेका छन्। शुक्रबार ट्विटमार्फत पूर्वमन्त्री बाँस्कोटाले सत्यतथ्य पुष्टि गर्न नभई मिडियाले मालिकका इच्छा पूरा गर्न र कथाहरू बनाउने गरेका पनि आरोप लगाए। साथै पाठकप्रतिको जवाफदेहिताबाट मिडियाहरू मुक्त भएका भएका लेखेका छन्। पूर्वमन्त्री बाँस्कोटाले कटाक्ष गर्दै 'यो नै हाम्रो माैलिक पूर्ण प्रेस स्वतन्त्रता' भएको पनि लेखेका छन्।  हिज