पीसीआरमा ८ अस्पतालको कालोबजारी, शुल्क समायोजन नगरे ल्याब लाइसेन्स खारेज गर्ने सरकारको चेतावनी

काठमाडौं:  सरकारले बढी शुल्क लिएर पीसीआर गर्ने विभिन्न ८ वटा निजी अस्पतालका ल्याबहरुलाई तत्काल पैसा घटाउन चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्रवर गौतमले २४ घण्टे अल्टिमेटम दिएका हुन्। २४ घण्टा भित्र शुल्क समायोजन नगरे परीक्षण अनुमति नै खारेज गर्ने गौतमले बताए। '२४ घण्टाभित्र तोकिएको शुल्कमा

सम्बन्धित सामग्री

तालिबानद्वारा अफगानिस्तानमा सञ्चालित २१६ सहायता संस्थाको लाइसेन्स खारेज

काबुल- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले यस वर्षमात्र २१६ वटा सहायता संस्थाको लाइसेन्स खारेज गरिदिएको छ । तालिबानले नियुक्त गरेका अफगान उपअर्थमन्त्री अब्दुल लतिफ नजारीले गत वर्षको अवधिमा मुलुकमा २१६ वटा सहायता संस्थाका लाइसेन्स खारेज गरिएको जानकारी दिएका हुन् । अफगान टेलिभिजन टोलो न्युजका अनुसार तालिबानले लागू गरेका मापदण्डविपरीत काम गरेका कारण ती संस्थाको लाइसेन्स खारेज […]

बक्यौता नतिरेपछि सुमार्गीको 'हेल्लो नेपाल'को लाइसेन्स खारेज

व्यवसायी अजेय सुमार्गीको टेलिकम कम्पनी ‘हेल्लो नेपाल’को लाइसेन्स खारेज भएको छ । लामो समयदेखि बक्यौता नतिरेको यो कम्पनीको लाइसेन्स अघिल्लो साताको मन्त्रिपरिषद् बैठकले खारेज गर्ने निर्णय गरेको हो ।

मर्जर र एक्विजिसनका कारण १७८ बैङ्क तथा वित्तीय संस्थाको लाइसेन्स खारेज

काठमाडौँ । मर्जर तथा एक्विजिसनका कारण नेपाल राष्ट्र बैङ्कले गत असारसम्म १ सय ७८ बैङ्क तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको छ । करिब २ सय ४५ वटा संस्था मर्जर तथा एक्विजिसन प्रक्रियामा सामेल भएकोमा १७८ वटाको लाइसेन्स खारेज भई ६७ वटा संस्थामा सीमित भएका छन् । करिब ६ वर्षको अवधिमा यति धेरै संख्यामा बैङ्क […]

जिता बरालको नर्सिङ लाइसेन्स खारेज

काडमाडौँ – नेपाल नर्सिङ परिषद्ले नर्स जिता बरालको नर्सिङ लाइसेन्स खारेज गरेको छ। परिषद्ले सूचना जारी गर्दै गएको चैत १३ गते बसेको परिषद्को बैठकले बरालको नाम परिषद्को दर्ता किताबबाट हटाउने निर्णय गरेसँगै उक्त निर्णय हालै मात्र सार्वजनिक गरिएको जनाएको हो। परिषद्का अनुसार बरालको ८८९४ दर्ता नम्बर हटाइएको छ। बरालले २०७७ असोज ६ गते ट्रमा सेन्टरमा […]

१८ इन्जिनियरको लाइसेन्स खारेज

२८ मंसिर, काठमाडौं। नेपाल इन्जिनियरिङ परिषद्ले आचारसंहिता तथा ऐनविपरीत काम गरेको भन्दै १८ जना इन्जिनियरको लाइसेन्स खारेज गरेको छ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा १८ को उपदफा (१) खण्ड (ग) र खण्ड (ङ) बमोजिम परिषद्को विभिन्न मितिमा निजहरुको नाम दर्ता किताबबाट हटाउने निर्णय भए अनुसार दर्ता किताबबाट हटाइएको जनाएको छ । परिषद्ले […]

हेलो नेपालको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) प्रालिको लाइसेन्स खारेज गरेको छ । मंसिर १० गते शुक्रबार बसेको प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालको अनुमति पत्र खारेज गरेको हो ।   शुक्रबार बसेको बोर्ड बैठकले लाइसेन्स खारेज गरेको प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले बताए । प्राधिकरणले यसअघि २०७६ साउनमा हेलो नेपालको लाइसेन्स खारेज गरेको थियो ।...

सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को लाइसेन्स खारेज भएको छ। प्राधिकरणले कम्पनीले हेलो नेपालको लाइसेन्स खारेज गरेको हो । बक्यौता नतिरेको भन्दै कम्पनीको अनुमति खारेज गरिएको प्राधिकरणले जनाएको छ । शुक्रबार बसेको प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालको लाइसेन्स खारेज गर्ने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले बताए । प्राधिकरणको बोर्ड बैठकमा यस विषयमा छलफल भएपछि बक्यौता नतिरको र तिर्ने प्रतिबद्धता पनि नजनाएकाले अनुमति खारेजको निर्णय गरिएको बताईएको छ । यसअघि पनि खारेजीमा परेको हेलो नेपालले बक्यौता तिर्ने प्रतिबद्धता जनाएपछि मन्त्रिपरिषदबाटै खारेजी रोक्का भएको थियो । किस्तामा बक्यौता तिर्ने सुविधा पाएपनि नतिनरेपछि खारेज गरिएको प्राधिकरणले जनाएको छ । यसअघि २०७६ साउन १७ गते नै प्राधिकरणले कम्पनीको अनुमतिपत्र खारेजको निर्णय गरेको थियो । त्यतिबेला मन्त्रिपरिषद बैठकले किस्तामा बक्यौता तिर्ने सुविधा दिएको थियो । यो सुविधा पाएपछि कम्पनीले जम्मा १ किस्ता मात्रै तिरेको छ । हेलो नेपालले ३२ करोड रुपैयाँ तिर्न बाँकी छ ।कम्पनीका मालिका सुमार्गीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट व्यवसायी मानिन्छन् ।

राष्ट्र बैंकद्वारा जि.एम.ई. पेको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले जि.एम.ई. पे प्राईभेट लिमिटेडको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले कम्पनीलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरेकोमा सो लाइसेन्स खारेज गरेको हो ।भुक्तानी तथा फछ्यौट विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को (क) को व्यवस्था बमोजिम उक्त अनुमतिपत्र खारेज भएको राष्ट्र बैंकले जनाएको छ । विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को (क) मा संस्थाले अनुमतिपत्र प्राप्त गरेको मितिले छ महिनाभित्र सेवा सञ्चालन नगरेमा संस्थालाई प्रदान गरिएको अनुमतिपत्र स्वतः खारेज हुने ब्यबस्था छ । सोहि अनुसार राष्ट्र बैंकले  जि.एम.ई. पे प्राईभेट लिमिटेडको लाइसेन्स खारेज गरेको हो ।