बक्यौता नतिरेपछि सुमार्गीको 'हेल्लो नेपाल'को लाइसेन्स खारेज

व्यवसायी अजेय सुमार्गीको टेलिकम कम्पनी ‘हेल्लो नेपाल’को लाइसेन्स खारेज भएको छ । लामो समयदेखि बक्यौता नतिरेको यो कम्पनीको लाइसेन्स अघिल्लो साताको मन्त्रिपरिषद् बैठकले खारेज गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

युटिएलले माघ मसान्तसम्म ५ अर्ब नतिरे लाइसेन्स खारेज

काठमाडौं, माघ १६ । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) लाई माघ मसान्तसम्म बाँकि बक्यौता तिर्न ताकेता गरेको छ। लामो समयसम्म कम्पनीले बक्यौता तिर्न बाँकि रहेकोले सम्पूर्ण बक्यौता यहि मिति २०७९ माघ मसान्तसम्म बुझाई सोको सक्कल भौचर प्राधिकरणमा दाखिला गर्न प्राधिकरणले सार्वजनिक सूचना नैै जारी गरेर ताकेता गरेको हो । माघ मसान्त भित्र बक्यौता […]

बक्यौता तिर्न नसकेपछि सुमार्गीको ‘हेलो नेपाल’ खारेज

सरकारले व्यवसायी अजय सुमार्गीको कम्पनी ‘हेलो नेपाल’को टेलिकम लाइसेन्स खारेज गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध मन्त्रिपरिषद्मा पुगेको कम्पनीको लाइसेन्स सरकारले नै खारेज गरेको हो ।कम्पनीले ५ वर्षयता दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने नवीकरण दस्तुर, रोयल्टी र फ्रिक्वेन्सीको रकम तिरेको छैन । जुन, रकम बढेर हाल १ अर्ब रुपैयाँभन्दा पनि धेरै पुगिसकेको प्राधिकरणको भनाइ छ । सुमार्गीले नेपाल स्याटलाइट कम्पनीमार्फत हेलो नेपालको लाइसेन्स लिएका थिए । जुन, मन्त्रीपरिषद्को बैठकले

बक्यौता नतिर्ने तीन क्यासिनोको लाइसेन्स खारेज

क्यासिनो सञ्चालन गरेबापत रोयल्टी र नवीकरण शुल्कबापतको बक्यौता नतिर्ने तीन क्यासिनोको (इजाजतपत्र) लाइसेन्स पर्यटन विभागले रद्द गरेको छ । विभागले ठूलो रकम बक्यौता नतिर्ने रक इन्टरनेसनल प्रालि, ह्याप्पी हावर प्रालि र...

क्यासिनो सञ्चालकले धमाधम बक्यौता बुझाउन थाले

धेरैपटक गरेको ताकेता तथा केही क्यासिनो सञ्चालक माथि भएको जरिमानासहितको कारबाहीबाट सरकारले अहिलेसम्म झन्डै साढे ७६ करोड रुपैयाँ बक्यौता रोयल्टी उठाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नका साथै अन्यको पनि खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले धमाधम बक्यौता रोयल्टी बुझाउन थालेका छन् ।पर्यटन विभागका अनुसार हालसम्म विभिन्न बहाना बनाएर अटेर गरी बसेका १७ वटा क्यासिनो कम्पनीले आफूले तिर्न बाँकी रोयल्टी बुझाएका

मन्त्री आलेको चेतावनीपछि धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालकहरु

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नाका साथै अन्यको पनि खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले धामाधम रोयल्टी तिर्न थालेका छन् । पर्यटन विभागका अनुसार हाल सम्म कम्तिमा पनि १७ कम्पनीले रोयल्टी तिर्नु पर्ने बक्यौता बुझाएका छन् । सेन्ट्रल मिडिया प्रालिले रु पाँच करोडमध्ये रु चार करोड […]

हेलो नेपालको लाइसेन्स खारेज

काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)ले निर्धारित समयमा बक्यौता नतिरेपछि लाइसेन्स अनुमति खारेज गरिएको छ । अजेयराज सुमार्गीको नाममा रहेको उक्त कम्पनीले तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै दूरसञ्चार प्राधिकरणले अनुमति खारेज गरेको हो । दूरसञ्चार प्राधिकरणको हालैको बोर्ड बैठकले हेलो नेपालको लाइसेन्स खारेज गर्ने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो समय बक्यौता तिर्ने प्रतिबद्धता समेत कम्पनी व्यक्त गरेको थियो । हेलो नेपाल यसअघि पनि खारेजी प्रक्रियामा परेको थियो । तर बक्यौता तिर्ने प्रतिबद्धता गरेपछि गतवर्ष रोकिएको थियो । प्राधिकरणका निर्देशक पौडेलका अनुसार दूरसञ्चार ऐनबमोजिम नै हेलो नेपालको अनुमति खारेज गरिएको हो । प्राधिकरणका अनुसार १७ साउन २०७६ मा बक्यौता नबुझाएको भन्दै प्राधिकरणले यस कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो । त्यतिखेर कम्पनीलाई त्यसको पुनरवलोकनका लागि समेत अवसर दिइएको थियो । तत्कालीन मन्त्रिपरिषद्को बैठकले नै किस्तामा बक्यौता तिर्ने सुविधा दिएको थियो । मन्त्रिपरिषद्को बैठकले त्यो अन्तिम अवसर भएको र त्यसपछि प्राधिकरणले ऐनबमोजिम गर्नुपर्ने बताएको थियो । किस्ता सुविधा दिएपछि जम्मा एक किस्ता तिरेको प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले बताए । तत्कालीन मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्राधिकरणले नेपाल स्याटेलाइट प्रालिलाई पाँच वर्षमा १ अर्ब ३८ करोड ७२ लाख ५३ हजार बक्यौता किस्तामा भुक्तानी गर्न समय दिएको थियो, जसअनुसार कम्पनीले पहिलो किस्तास्वरूप २०७७ असार मसान्तमा २१ करोड ५१ लाख पहिलो किस्ता बुझाइसकेको छ । यस्तै, कम्पनीले दोस्रो वर्ष अर्थात् २०७८ को असार मसान्तसम्म ३३ करोड ९८ लाख बुझाउनुपर्नेमा त्यो बुझाएन । त्यस्तै, तेस्रो वर्ष ३० करोड ८६ लाख, चौथो वर्ष २७ करोड ७४ लाख र पाँचौं वर्ष २४ करोड ६३ लाख भुक्तानी गर्नेगरी समय दिएको थियो । नियमित किस्ता नतिरेपछि प्राधिकरणले ‘एक्सन’ लिएको अधिकारीहरू बताउँछन् । असार मसान्तसम्ममा तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो ।

सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को लाइसेन्स खारेज भएको छ। प्राधिकरणले कम्पनीले हेलो नेपालको लाइसेन्स खारेज गरेको हो । बक्यौता नतिरेको भन्दै कम्पनीको अनुमति खारेज गरिएको प्राधिकरणले जनाएको छ । शुक्रबार बसेको प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालको लाइसेन्स खारेज गर्ने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले बताए । प्राधिकरणको बोर्ड बैठकमा यस विषयमा छलफल भएपछि बक्यौता नतिरको र तिर्ने प्रतिबद्धता पनि नजनाएकाले अनुमति खारेजको निर्णय गरिएको बताईएको छ । यसअघि पनि खारेजीमा परेको हेलो नेपालले बक्यौता तिर्ने प्रतिबद्धता जनाएपछि मन्त्रिपरिषदबाटै खारेजी रोक्का भएको थियो । किस्तामा बक्यौता तिर्ने सुविधा पाएपनि नतिनरेपछि खारेज गरिएको प्राधिकरणले जनाएको छ । यसअघि २०७६ साउन १७ गते नै प्राधिकरणले कम्पनीको अनुमतिपत्र खारेजको निर्णय गरेको थियो । त्यतिबेला मन्त्रिपरिषद बैठकले किस्तामा बक्यौता तिर्ने सुविधा दिएको थियो । यो सुविधा पाएपछि कम्पनीले जम्मा १ किस्ता मात्रै तिरेको छ । हेलो नेपालले ३२ करोड रुपैयाँ तिर्न बाँकी छ ।कम्पनीका मालिका सुमार्गीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट व्यवसायी मानिन्छन् ।

‘हेलो नेपाल’को लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले व्यवसायी अजेयराज सुमार्गीको लगानीमा सञ्चालित नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । प्राधिकरण वोर्ड बैठकले झन्डै ८० करोड रुपैयाँ बक्यौता नतिरेपछि कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो । कम्पनीले ‘हेलो नेपाल’ मार्फत पश्चिम नेपालमा दूरसञ्चार सेवा विस्तार गरेको छ ।