राष्ट्र बैंकद्वारा जि.एम.ई. पेको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले जि.एम.ई. पे प्राईभेट लिमिटेडको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले कम्पनीलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरेकोमा सो लाइसेन्स खारेज गरेको हो ।भुक्तानी तथा फछ्यौट विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को (क) को व्यवस्था बमोजिम उक्त अनुमतिपत्र खारेज भएको राष्ट्र बैंकले जनाएको छ । विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को (क) मा संस्थाले अनुमतिपत्र प्राप्त गरेको मितिले छ महिनाभित्र सेवा सञ्चालन नगरेमा संस्थालाई प्रदान गरिएको अनुमतिपत्र स्वतः खारेज हुने ब्यबस्था छ । सोहि अनुसार राष्ट्र बैंकले  जि.एम.ई. पे प्राईभेट लिमिटेडको लाइसेन्स खारेज गरेको हो । 

सम्बन्धित सामग्री

राष्ट्र बैंकद्वारा दुई मनी एक्सचेन्जको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले काठमाडौं ठमेलको रेन्बो मनी एक्स्चेन्ज र ललितपुर पुल्चोकको कसा मनी एक्स्चेन्जको इजाजतपत्र रद्द गरेको छ । राष्ट्र बैंकले बिहीबार सूचना निकालेर मनी यी दुई वटा एक्सचेन्जको लाइसेन्स रद्द गरिएको जानकारी दिएको हो ।

राष्ट्र बैंकद्वारा १७९ वित्तीय संस्थाको लाइसेन्स खारेज

मर्जर तथा एक्विजिसनका कारणले मात्र गत असोजसम्म राष्ट्र बैंकले १ सय ७९ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको छ । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले करिव एक दशक अघि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली जारी गरेको थियो ।