हेलो नेपालको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) प्रालिको लाइसेन्स खारेज गरेको छ । मंसिर १० गते शुक्रबार बसेको प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालको अनुमति पत्र खारेज गरेको हो ।   शुक्रबार बसेको बोर्ड बैठकले लाइसेन्स खारेज गरेको प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले बताए । प्राधिकरणले यसअघि २०७६ साउनमा हेलो नेपालको लाइसेन्स खारेज गरेको थियो ।...

सम्बन्धित सामग्री

वर्षौंसम्म दूरसञ्चार शुल्क नबुझाएपछि हेलो नेपालको लाइसेन्स खारेज

सेवा सञ्चालनबापत सरकारलाई नियमित बुझाउनुपर्ने दूरसञ्चार शुल्क वर्षौंसम्म पनि नबुझाएपछि नेपाल स्याटलाइट प्रालि (हेलो नेपाल) को अनुमतिपत्र सरकारले खारेज गरिदिएको छ । यद्यपि उक्त कम्पनीलाई दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गत मंसिरमै खारेज गरिदिएको थियो ।

बक्यौता तिर्न नसकेपछि सुमार्गीको ‘हेलो नेपाल’ खारेज

सरकारले व्यवसायी अजय सुमार्गीको कम्पनी ‘हेलो नेपाल’को टेलिकम लाइसेन्स खारेज गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध मन्त्रिपरिषद्मा पुगेको कम्पनीको लाइसेन्स सरकारले नै खारेज गरेको हो ।कम्पनीले ५ वर्षयता दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने नवीकरण दस्तुर, रोयल्टी र फ्रिक्वेन्सीको रकम तिरेको छैन । जुन, रकम बढेर हाल १ अर्ब रुपैयाँभन्दा पनि धेरै पुगिसकेको प्राधिकरणको भनाइ छ । सुमार्गीले नेपाल स्याटलाइट कम्पनीमार्फत हेलो नेपालको लाइसेन्स लिएका थिए । जुन, मन्त्रीपरिषद्को बैठकले

बक्यौता तिर्न अटेरी गरेपछि हेलोको सेवा खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटलाइट टेलिकम प्रालि (हेलो नेपाल जीएसएम) लाई दिएको आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । सरकारलाई बुझाउनुपर्ने महसुल नतिरेकाले लाइसेन्स रद्द गरिएको प्राधिकरणको भनाइ छ ।

हेलो नेपालको लाइसेन्स खारेज

काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)ले निर्धारित समयमा बक्यौता नतिरेपछि लाइसेन्स अनुमति खारेज गरिएको छ । अजेयराज सुमार्गीको नाममा रहेको उक्त कम्पनीले तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै दूरसञ्चार प्राधिकरणले अनुमति खारेज गरेको हो । दूरसञ्चार प्राधिकरणको हालैको बोर्ड बैठकले हेलो नेपालको लाइसेन्स खारेज गर्ने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो समय बक्यौता तिर्ने प्रतिबद्धता समेत कम्पनी व्यक्त गरेको थियो । हेलो नेपाल यसअघि पनि खारेजी प्रक्रियामा परेको थियो । तर बक्यौता तिर्ने प्रतिबद्धता गरेपछि गतवर्ष रोकिएको थियो । प्राधिकरणका निर्देशक पौडेलका अनुसार दूरसञ्चार ऐनबमोजिम नै हेलो नेपालको अनुमति खारेज गरिएको हो । प्राधिकरणका अनुसार १७ साउन २०७६ मा बक्यौता नबुझाएको भन्दै प्राधिकरणले यस कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो । त्यतिखेर कम्पनीलाई त्यसको पुनरवलोकनका लागि समेत अवसर दिइएको थियो । तत्कालीन मन्त्रिपरिषद्को बैठकले नै किस्तामा बक्यौता तिर्ने सुविधा दिएको थियो । मन्त्रिपरिषद्को बैठकले त्यो अन्तिम अवसर भएको र त्यसपछि प्राधिकरणले ऐनबमोजिम गर्नुपर्ने बताएको थियो । किस्ता सुविधा दिएपछि जम्मा एक किस्ता तिरेको प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले बताए । तत्कालीन मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्राधिकरणले नेपाल स्याटेलाइट प्रालिलाई पाँच वर्षमा १ अर्ब ३८ करोड ७२ लाख ५३ हजार बक्यौता किस्तामा भुक्तानी गर्न समय दिएको थियो, जसअनुसार कम्पनीले पहिलो किस्तास्वरूप २०७७ असार मसान्तमा २१ करोड ५१ लाख पहिलो किस्ता बुझाइसकेको छ । यस्तै, कम्पनीले दोस्रो वर्ष अर्थात् २०७८ को असार मसान्तसम्म ३३ करोड ९८ लाख बुझाउनुपर्नेमा त्यो बुझाएन । त्यस्तै, तेस्रो वर्ष ३० करोड ८६ लाख, चौथो वर्ष २७ करोड ७४ लाख र पाँचौं वर्ष २४ करोड ६३ लाख भुक्तानी गर्नेगरी समय दिएको थियो । नियमित किस्ता नतिरेपछि प्राधिकरणले ‘एक्सन’ लिएको अधिकारीहरू बताउँछन् । असार मसान्तसम्ममा तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो ।

सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को लाइसेन्स खारेज भएको छ। प्राधिकरणले कम्पनीले हेलो नेपालको लाइसेन्स खारेज गरेको हो । बक्यौता नतिरेको भन्दै कम्पनीको अनुमति खारेज गरिएको प्राधिकरणले जनाएको छ । शुक्रबार बसेको प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालको लाइसेन्स खारेज गर्ने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले बताए । प्राधिकरणको बोर्ड बैठकमा यस विषयमा छलफल भएपछि बक्यौता नतिरको र तिर्ने प्रतिबद्धता पनि नजनाएकाले अनुमति खारेजको निर्णय गरिएको बताईएको छ । यसअघि पनि खारेजीमा परेको हेलो नेपालले बक्यौता तिर्ने प्रतिबद्धता जनाएपछि मन्त्रिपरिषदबाटै खारेजी रोक्का भएको थियो । किस्तामा बक्यौता तिर्ने सुविधा पाएपनि नतिनरेपछि खारेज गरिएको प्राधिकरणले जनाएको छ । यसअघि २०७६ साउन १७ गते नै प्राधिकरणले कम्पनीको अनुमतिपत्र खारेजको निर्णय गरेको थियो । त्यतिबेला मन्त्रिपरिषद बैठकले किस्तामा बक्यौता तिर्ने सुविधा दिएको थियो । यो सुविधा पाएपछि कम्पनीले जम्मा १ किस्ता मात्रै तिरेको छ । हेलो नेपालले ३२ करोड रुपैयाँ तिर्न बाँकी छ ।कम्पनीका मालिका सुमार्गीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट व्यवसायी मानिन्छन् ।

‘हेलो नेपाल’को लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले व्यवसायी अजेयराज सुमार्गीको लगानीमा सञ्चालित नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । प्राधिकरण वोर्ड बैठकले झन्डै ८० करोड रुपैयाँ बक्यौता नतिरेपछि कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो । कम्पनीले ‘हेलो नेपाल’ मार्फत पश्चिम नेपालमा दूरसञ्चार सेवा विस्तार गरेको छ ।