जनगणना मार्फत सीमान्तकृत समुदायको वास्तविक तथ्यांक ल्याउनुपर्नेमा जोड

११ कात्तिक, वीरगञ्ज । वीरगञ्जका दलित समुदायका अगुवाले राष्ट्रिय जनगणना सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार वीरगञ्जमा आयोजित राष्ट्रिय जनगणना २०७८ पालिका स्तरीय परामर्श एवं संवाद कार्यक्रममा सहभागी दलित अगुवाले यस्तो बताएका हुन् । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ सरकारले कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना गर्न […]

सम्बन्धित सामग्री

अमेरिकी जनगणना रिपोर्ट: १७ बर्षसम्मका नेपालीहरु झण्डै ५७ हजार

अमेरिकामा सन् २०२० मा गरिएको जनगणनाको तथ्यांक अनुशार नेपालीहरुको जनसंख्या २ लाख १९ हजार ५ सय ३ रहेको विवरण विहिबार सार्वजनिक भएको थियो । जसलाई कतिपय नेपालीहरुले वास्तविक नम्बरभन्दा कम गणना भएको बताइरहेका छन् । अमेरिकामा सन् २०२० को जनगणनामा सहभागी भएकाहरुको संख्याको आधारमा यो विवरण सार्वजनिक गरिएको हो । जनगणना ब्यूरोले अमेरिकामा नेपाली जनसंख्याको […]

सांसदकै घरमा पुगेन जनगणना टोली

काठमाडौं : प्रतिनिधिसभाका सांसदहरूले आफ्नै घरमा जनगणनाको टोली नआएको बताउँदै पुनः जनगणना गर्न माग गरेका छन्।नेपाली कांग्रेसकी सांसद प्रमिला राईले जनगणनामा आफू नै छुटेको खुलासा गरिन्।सांसदहरूले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति प्रकट गरेका छन्।राज्यको उद्देश्य र जनताले चाहेजस्तो गणना भएको छैन। वास्तविक तथ्यांक आएको छैन। विदेशमा गएकाहरूको गणना छुटेको उनीहरूले बताए।मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सिंह

जनणनाको विश्वसनीयतामै किन आशंका?

नेपालको बाह्रौँ जनगणनाले देशको वास्तविक चित्र दिन्छ दिदैँन भन्नेमै आशंका गर्न थालिएको छ। जनगणनाको लगत लिने कार्य जम्मा दुई दिन मात्रै बाँकी छ। कोही नछुटून् कोही नदोहोरिऊन् भन्ने मुख्य मर्मले हरेक एक दशकमा जनगणना गरिँदै आएपनि पछिल्ला जनणनाको विश्वसनीयतामाथि प्रश्न उठाउने गरिएको छ। ५ अर्ब रुपैयाँ खर्चमा सञ्चालन भएको यसपटकको जनगणनाले पनि विश्वसनीय तथ्यांक उपलब्ध […]

जनगणनामा सावधानी

प्रत्येक वर्षमा गरिने राष्ट्रिय जनगणना बिहीवारबाट शुरू भएको छ । हाम्रो आर्थिक, सामाजिक, जनसांख्यिक अवस्था कस्तो छ, अन्य देशको तुलनामा हाम्रो अवस्था के छ आदि आधिकारिक तथ्य थाहा पाउन जनगणना महत्त्वपूर्ण हुन्छ । नेपालको सन्दर्भमा यसपटकको जनगणना विशेष रूपले महत्त्वपूर्ण देखिन्छ । संघीयताको शुरुआत भएपछि शिक्षा, स्वास्थ्य माथिको पहुँचको आधार कस्तो, खानेपानी बिजुली, बैंकिङ पहुँच कति पुगेको छ भनेर थाहा पाउने आधार पनि जनगणना नै हो । मुलुकले प्राप्त गरेको उपलब्धि, असफलताको विश्लेषण गरी भावी योजना बनाउन पनि जनगणनाको विशेष महŒव रहेको हुन्छ । यस्तो महŒवपूर्ण मानिएको जनगणना वास्तविक हुन सक्छ कि सक्दैन भन्ने कुरामा आशंका छ । विगतका जनगणनामा घरदैलोमा पुगेर तथ्यांक संकलन नगरिएकाले अहिले पनि त्यस्तै हुने हो कि भन्ने आशंका देखिएको हो । तालिका बनाएर स्थानीय तहसँग समन्वय गरी गणकहरू आउने दिनको जानकारी गराए तथ्यांक संकलन बढी यथार्थपरक हुन सक्छ । तर, यस्तो व्यवस्था गरेको जानकारीमा आएको छैन । उद्योगी व्यवसायीहरूलाई व्यवसायको योजना बनाउन पनि जनगणनाको तथ्यांक निकै सहयोगी हुन्छ । वैदेशिक लगानीका लागि लगानीकर्ताले खोज्ने वस्तुको बजार, श्रमको उपलब्धता र अन्य जानकारीका लागि पनि जनगणना निकै सहयोगी हुन्छ । राजनीतिक हिसाबले निर्वाचन क्षेत्र परिवर्तन गर्नेजस्ता कार्यमा पनि यो जनगणना महत्त्वपूर्ण हुन्छ । भाषिक नीति बनाउन पनि जनगणनाको भूमिका हुन्छ । त्यही भएर अहिले पुर्खाको भाषा र मातृ भाषा भनी अलग अलग तथ्यांक संकलन गरिँदै छ । देशको विकास निर्माणका नीति निर्माण गर्दा जनसांख्यिक अवस्थालाई हेर्ने गरिन्छ । १० वर्षमा नेपालको जनसांख्यिकीमा धेरै ठूलो परिवर्तन आइसकेको छ । यस्तोमा नयाँ तथ्यांक आउनु सकारात्मक कुरा हो । अन्य देशमा पनि प्रत्येक १० वर्षमा यस्तो जनगणना गर्ने गरेको पाइन्छ । यो जनणनाका लागि २ वर्षअघिदेखि तयारी थालिएको हो । त्यसैले केही नयाँ प्रश्नहरू थपिएका छन् । मुलुकले अंगीकार गर्ने नीतिमा सहयोग पुर्‍याउन यस्ता नयाँ प्रश्न थपिनु उपयुक्त भए पनि धेरैओटा प्रश्न हुँदा अन्योल र विरोधाभास हुन सक्छ । ८० ओटा प्रश्नको उत्तर खोज्ने समय पनि राम्रै लाग्ने देखिन्छ । तर, त्यसअनुसार गणकहरूले काम गर्छन् कि गर्दैनन् भन्ने कुरामा जनगणनाको सफलता निर्भर हुन्छ । घरघरमा पुग्न गाह्रो मानेर अरूलाई सोधेर प्रश्नावली भरियो भने त्यसले देशका सही चित्र देखाउन सक्दैन । यति लामो समयदेखि तयारी गरिएको भए पनि पर्याप्त रूपमा जनसचेतना फैलाउन भने नसकेको देखिन्छ । जनगणनाको महत्त्व किन छ र सहभागी किन हुनुपर्छ तथा सही तथ्य टिपाउन किन जरुरी छ भन्ने कुरा जनतालाई राम्ररी बुझाइएको छैन । जात, धर्म, भाषा आदिको तथ्यांक संकलन निकै अन्योलपूर्ण हुने सम्भावना देखिएको छ । फरकफरक संगठनहरूले आफ्नो प्रभुत्व देखाउन त्यसैअनुसार तथ्यांक टिपाउन आग्रह गरेकाले यस्तो तथ्यांक वास्तविकभन्दा राजनीतिक अभीष्टले प्रेरित भएर आउने सम्भावना बढी देखिएको छ । जनगणनाका लागि प्रचारप्रसार नै पर्याप्त भएको छैन । त्यस्तै कुन घरमा कति बेला गणक आउने भन्ने स्पष्ट तालिका भएको पाइँदैन । घरमूली नभएको बेलामा गणकले भराउने फाराममा सही जानकारी पर्छ भन्ने छैन । त्यसो हुँदा तालिका बनाएर स्थानीय तहसँग समन्वय गरी गणकहरू आउने दिनको जानकारी गराए तथ्यांक संकलन बढी यथार्थपरक हुन सक्छ । तर, यस्तो व्यवस्था गरेको जानकारीमा आएको छैन । सरकारले १५ दिनभित्र जनगणना सकिसक्ने लक्ष्य लिएको छ । ४० हजार गणकहरूबाट गरिने तथ्यांक संकलनका लागि एउटा परिवारका लागि ३० मिनेट समय लाग्ने बताइएको छ । यो तालिकाअनुसार गणकहरू परिचालन गर्दा घरमा सही जानकारी दिन सक्ने व्यक्ति नभए के गर्ने भन्ने कुरा अन्योल छ । यस्तोमा धेरै तथ्यांक हचुवाको नहोला भन्न सकिँदैन ।

जनगणनामा थारुहरुकोे तथ्याङ्क नछुटाउन सचेतना कार्यक्रम

सुनसरीको इटहरीमा भएको एक कार्यक्रममा आगमी जनगणना २०७८ मा थारुहरुको वास्तविक तथ्यांक नछुटाउन आग्रहसहित सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । थारु समुदायको सही तथ्याङ्क संकलन गरी सो समुदायको हक अधिकार सुनिश्चित्ता गर्न आवश्यक रहेको भन्दै थारु अगुवाहरुलाई सचेतना कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

मनलाग्दी तथ्यांकले कुसुन्डा पहिचानमै समस्या

राष्ट्रिय जनगणना सुरु हुन लाग्दा कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डालाई चिन्ता सुरु भएको छ । गणनामा कुसुन्डा जातिको परिचय र भाषाको पहिचान कसरी स्थापित गर्ने भन्ने चिन्ताले उनलाई सताएको हो । राष्ट्रिय जनगणना २०६८ को तथ्यांक र वास्तविक कुसुन्डाको संख्यामा धेरै अन्तर परेको उनले बताए ।

हिमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्यांक आउनुपर्ने

राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्यांक समेट्न हिमोफिलिया सोसाइटी नेपालले माग गरेको छ ।शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी हिमोफिलिया सोसाइटी नेपालले राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलिया भएका व्यक्तिहरूको पनि गणना हुने भएकाले जनगणनामा हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्यांक समेट्ने गरी गणना गर्न, गराउन माग गरेको हो ।संघले […]

हेमोफिलिया भएका नेपाली ३ हजारभन्दा बढी

काठमाडौं :  राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलियाका बिरामीको तथ्यांक पनि समेट्न हेमोफिलिया सोसाइटी नेपालले माग गरेको छ।करिब ३ हजार नेपाली हेमोफिलियाका बिरामी रहेको अनुमान सोसाइटीको छ। काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी सोसाइटीले राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलियाका बिरामीको पनि गणना हुने भएकाले जनगणनामा उनीहरूको वास्तविक तथ्यांक समेट्ने गरी गणना गर्न, गराउन माग गरेको हो।महासंघले हेमोफिलिया भएकाहरू अपांगता ऐनमा समेटिएका तथा अपांगताको सूचीमा दसौं नम्बरमा राखिएको जा

हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्न माग

राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्न हेमोफिलिया सोसाइटी नेपालले माग गरेको छ। शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै सोसाइटीले गणकहरु घरमा आउँदा घरपरिवारमा भएका...

हिमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्नुपर्ने माग

राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलिया भएका व्यक्तिहरुको पनि गणना हुने भएकाले शनिवार काठमाडौंमा एक पत्रकार सम्मेलनको बिच हिमोफिलिया सोसाइटी नेपालले जनगणनामा हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्ने गरी गणना गर्न र गराउन माग गरेको छ । त्यसैगरि हिमोफिलिया सोसाइटी नेपालका महासचिव दिपक न्यौपानेले गणकहरु आउँदा घरपरिवारमा भएका हेमोफिलिकको बारेमा प्रष्ट विवरण दिन समेत अनुरोध गरेका छन् ।