काठमाडौं : राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलियाका बिरामीको तथ्यांक पनि समेट्न हेमोफिलिया सोसाइटी नेपालले माग गरेको छ।करिब ३ हजार नेपाली हेमोफिलियाका बिरामी रहेको अनुमान सोसाइटीको छ। काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी सोसाइटीले राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलियाका बिरामीको पनि गणना हुने भएकाले जनगणनामा उनीहरूको वास्तविक तथ्यांक समेट्ने गरी गणना गर्न, गराउन माग गरेको हो।महासंघले हेमोफिलिया भएकाहरू अपांगता ऐनमा समेटिएका तथा अपांगताको सूचीमा दसौं नम्बरमा राखिएको जा