सुनसरीको इटहरीमा भएको एक कार्यक्रममा आगमी जनगणना २०७८ मा थारुहरुको वास्तविक तथ्यांक नछुटाउन आग्रहसहित सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । थारु समुदायको सही तथ्याङ्क संकलन गरी सो समुदायको हक अधिकार सुनिश्चित्ता गर्न आवश्यक रहेको भन्दै थारु अगुवाहरुलाई सचेतना कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।