कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनबीच किचलो देखिएको छ । प्रदेशमा सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच पछिल्लो समय ‘आलोपालो’ नेतृत्वका बारेमा विवाद बढेको हो । कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनबीच देखिएको किचलोका कारण केन्द्रमै गठबन्धनमाथि सङ्कट आइपर्ने त होइन भन्नेबारे समेत आशङ्का बढ्न थालेको छ । तत्कालीन नेकपा विघटनदेखि लिएर एमाले विभाजन, राष्ट्रिय राजनीतिमा भएको ध्रुवीकरणसमेतमा विवादको केन्द्रविन्दु बनेको कर्णाली प्रदेश अब सत्तारुढ गठबन्धनबीच दरारको आधार थलो बन्छ