नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ । हरेक वर्ष आयोजना हुँदै आएको नाडा अटो शो यस वर्ष भदौ ७ गतेदेखि १२ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने भएको हो । सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस् सहितको अटो शोको १५औं संस्करणका लागि जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङ रजिष्ट्रेशन खुलाईने भएको छ । नाडा अटो शोका लागि ठाउँ साँघुरो भएकाले गोला प्रथामार्फत स्टल उपलब्ध गराइने नाडा अटो शो समितिका सभापति अनुप बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदर्शनीमा २ पाङग्रे, ४ पाङग्रे, बैंक तथा वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समूह अनुसार छुट्याईएको छ ।अटो शोमा यसवर्ष व्यवसायिक सवारी साधनलाई पनि समावेश गराईनेछ ।