काठमाडौं । राजधानीको भृकुटिमण्डपमा नाडा अटो शो-२०१७ सुरु भएको छ । अटो शोको उद्घाटन यातायातमन्त्री बीरबहादुर बलायरले गरेका छन् । १२औं संस्करण नाडा अटो शो भदौ १८ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ९० वटा कम्पनीका १ सय ३० वटा स्टल रहेका छन् । तीमध्ये १६ ब्रान्डका कार , १९ ब्रान्डका बाइक र ६ वटा ब्रान्डका हेभी कमर्सियल सवारी साधन रहेका छन् ।