‘नाडा अटो शो २०२३’ मंगलवारबाट शुरु

काठमाडौं ।  नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपाल (नाडा)द्वारा आयोजित १५औं संस्करणको ‘नाडा अटो शो २०२३’ मंगलवारबाट शुरू भएको छ । शोको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका छन् ।  अर्थमन्त्री डा. महतले अर्थतन्त्रको विभिन्न क्षेत्रहरूमा क्रमिकरूपमा सुधार आएसँगै गाडीको व्यापारमा पनि सुधार हुने बताए । ‘आर्थिक गतिविधि विस्तारै बढ्दै जाने ठोस आधारहरू देखिन थालेको छ । विदेशी विनिमय सञ्चितिका साथै विदेशी पर्यटक पनि बढेका छन्,’ उनले भने, ‘अटो क्षेत्रका समस्या पनि समाधान हुँदै गएका छन् । त्यसैले अब गाडीको व्यापार पनि बढ्छ ।‘ उनले नाडा अब डिलर एशोसियशनभन्दा पनि उत्पादन एशोसियशन बन्नु पर्ने बताए । ‘एसेम्ब्लिङ शुरू गर्नेलाई सरकारले सहुलियत दिन्छ । नेपालमा मोटरसाइकलको एसेम्ब्लिङ शुरू भएकाले गाडीको पनि एसेम्ब्लिङ शुरू गर्नु पर्छ,’ उनले भने ।  नाडाका अध्यक्ष ध्रुव थापाले चाडवाडलाई मध्यनजर गर्दै आयोजना हुँदै आएको शोमा वर्षभर हुनेमध्ये ६० प्रतिशत व्यापार हुने भएकाले ६ दिनको शोमा करीब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान रहेको बताए । अटो क्षेत्र विभिन्न नीतिहरुका कारण प्रभावित हुँदै आएकाले अटो क्षेत्रमैत्री नीतिहरूको समेत खाँचो रहेको छ, उनले भने ।   काठमाडौंमा ६ दिनसम्म आयोजना हुने प्रर्दशनीमा सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको भव्य प्रदर्शनी छ । आयोजकका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरी करीब १२० ओटा स्टल र ब्लकहरू छन् ।  प्रदर्शनीमा प्रख्यात अन्तरराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहेको छ ।  प्रदर्शनीमा १६ ओटा ब्राण्डका चार पांग्रे, २२ ओटा ब्राण्डका दुई पांग्रे, ७ ओटा ब्राण्डका लाइट कमर्शियल मेडिकल, ९ ओटा वित्तीय संस्था तथा ३० ओटा लुब्रिकेन्ट, टायर, व्याटरी, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता छ । प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन मिडियाको लागि छुट्टै स्टल र ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी सूचना-कक्ष समेत प्रदर्शनीमा राखिएको छ । ‘नाडा अटो सो २०२३’ लाई टाटा मोटर्स जेनुइन आयलले प्रायोजित गरेको छ । शोको सहप्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड छ । प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा बलिङ, फायर सेफ्टी सपोर्टमा हिटकी प्रा.लि.एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल जस्ता प्रतिष्ठत संस्थाहरू छन् । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ ।

सम्बन्धित सामग्री

नाडा अटो शो २०२३ मा ५ सयभन्दा धेरै टाटा टियागो ईभीको बुकिङ

विशेषतः सुरुवाती मूल्य २१.९९ लाखमा नेपाली बजारमा सार्वजनिक गरिएको टियागो ईभीको अटो शोको ६ दिनमा ५०० भन्दा धेरै बुकिङ भएको कम्पनीले जनाएको छ ।

नाडा अटो शो२०२३ को पाँचौं दिनसम्म आधा लाखले गरे अवलोकन

काठमाडौं- काठमाडौंमा मंगलवार देखि नाडा अटो शो २०२३ को पाँचौं दिन अवलोकनकर्ताको आर्थिक शिथिलताका बाबजुद आयोजित अटो शोमा सवारी खरिदकर्ता, अवलोकनकर्ताहरूको भीडभाड उत्साहप्रद रूपमा बढेको छ । अटो शोको पाँचौं दिन आज शनिवार सम्ममा ५० हजार हजार भन्दा बढी अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरिसकेको नाडा अटो शोका संयोजक अनुप बरालले बताए । उनले तीनवर्ष पछि अटो […]

नाडा अटो शो: वुलिङ एयर इभीको दुई वटा कार मुख्य आकर्षण

भृकुटी मण्डपमा ‘नाडा अटो शो २०२३’ मा विद्युतीय सवारी साधनप्रति ग्राहकहरुको आकर्षण धेरै देखिएको छ। विद्युतीय सवारी साधनहरुले विभिन्न अफर सहित शोमा आफ्ना ब्राण्डहरु प्रदर्शनी र बिक्रीका लागि राखेका छन्। पीटी एसजीएमडब्लू मोटर्स इण्डोनेशियाले उत्पादन गरेको वुलिङ एयर ईभीको दुई वटा कार अटो शोमा सार्वजनिक गरिएको छ । सानो परिवारका लागि उपयुक्त चारसिटे (डबल डोर) […]

निजी क्षेत्र आर्थिक रूपान्तरणको बाहक होः अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको बाहक भएको बताएका छन्। मंगलबार काठमाडौँमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन्। उनले हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशिलताको पूर्ण उपभोगबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव रहेको भन्दै त्यो पनि निजी क्षेत्रले गर्नसक्ने बताए। उनले […]

निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक होः अर्थमन्त्री डा. महत

मंगलवार काठमाडौंमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन्।...

'नाडा अटो शो २०२३’ भदौ २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा [भिडियो]

भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो शो २०२३’ आयोजना गर्ने जानकारी दिएको हो ।

४ वर्षपछि 'नाडा अटो शो' हुँदै, झन्डै २० अर्ब रुपैयाँको कारोबार हुने अनुमान

काठमाण्डौ - नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भदौ तेस्रो हप्ता २६ 'नाडा अटो शो २०२३' आयोजना गर्ने भएको छ । १५ औँ संस्करणको 'नाडा अटो शो २०२३' भदौ २६ देखि ३१ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको हो । गाडी, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला सङ्घ संस्थाहरूको प्रदर्शनीमा ठूला तथा साना गरी १ सय २० वटा स्टल र ब्लक रहने नाडाले जनाएको छ । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका गाडी, लुब्रिकेन्ट, टायर पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् व...

‘नाडा अटो शो २०२३’को मुख्य आकर्षण बन्न सक्ने ३ साना एसयूभी

काठमाडौं । आगामी भदौ २६ गतेबाट आयोजना हुने नाडा अटो शो २०२३ को स्टल बुकिङ अहिले खुलिरहेको छ । अहिलेसम्म कुन कुन कम्पनीले अटो शोमा भाग लिन्छन्, त्यसको एकिन जानकारी भने आएको छैन । सन् २०१९ पछि पहिलो पटक आयोजान हुन लागेको नाडा अटो शो २०२३ मा करिब दुई दर्जन ब्राण्डले सहभागिता जनाउने अनुमान सुरु […]

नाडा अटो शो २०२३ को बुकिङ खुल्यो

नाडा अटो शो २०२३ को लागि बुकिङ खुल्ला भएको छ । भदौ देखि ३१ गतेसम्म हुने अटो शोका लागि स्टल बुकिङ खुल्ला गरेको हो । नेपालको सबैभन्दा ठूलो अटो शो काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदै छ । नाडाको आयोजनामा हरेक वर्षको दसैँअगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा […]

तीन वर्षपछि हुने भयो नाडा अटो शो, नेपाली उत्पादनलाई प्रोत्साहन गरिने

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा अटो शो २०२३’ आयोजना गर्ने भएको छ ।