ईरान र इजरायल दशकौंदेखि एक–अर्को विरुद्धमा कम्मर कसेर लागेका छन्। दुवै देशले एक–अर्कोलाई आफ्नो राष्ट्रिय सुरक्षामा खतरा ठान्छन्। हालैका वर्षहरूमा मध्यपूर्वका यी दुई देशबचि एक लडाइँ चलिरहेको छ, जसलाई ‘छद्म युद्ध’ संज्ञा दिने गरिएको छ। जमिन र आकाशबाट शुरू भएको यो लडाइँ अहिले समुद्री झडपसम्म विस्तार भइसकेको छ। ओमान खाडी नजिक दुवै देशका कयौं पानीजहाजहरूमा आक्रमण भइसकेको छ। जुलाई २९ मा एमबी भर्सर स्ट्रीट जहाज हमलाको निशाना बन्यो। मध्यम आकारको खाली ट्यांकर ताञ्जा