बीबीसी। इजरायल र हमासबीच भएको ११ दिने भीषण संघर्षपछि जारी युद्धविरामलाई स्थायी बनाउने कोसिस तीव्र पारिएको छ। यसैक्रममा इजिप्टका विदेशमन्त्री सामेह शाक्राईले इजरायली समकक्षी जाबी एस्केनाजसँग आइतबार काहिरामा भेटवार्ता गरेका छन्। शाक्राईले इजरायल र हमासबीचको युद्धविराम स्थायीरुपमै हुनुपर्नेमा जोड दिएका छन्। दुई पक्षबीच संघर्ष गराउन कसैले उक्साइरहेकाले तनाव बढेको उनले बताएका थिए। इजिप्टका विदेशमन्त्रीले १३ वर्षपछि इजरायल भ्रमण गरेका हुन्।