मंसिर ४ गते चुनाव गर्न गठबन्धनमा जुट्यो सहमति

काठमाडौं। मंसिर ४ गते चुनाव गर्न गठबन्धनमा सहमति जुटेको छ। आफू घाटामा रहेको भन्दै नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउन बताएको छ। ५० जिल्लाका बालबालिकालाई भदौ ५ देखि कोभिड खोप दिइने भएको छ। काठमाडौं उपत्यकामा आज २६३ जना सवारी चालक कारवाही गरिएको छ। इन्धनको मूल्य समायोजन गर्न यातायात व्यवसायीहरुले माग गरेका छन्।

सम्बन्धित सामग्री

घनश्याम भुषालले एमाले छोडे, माओवादीबाट चुनाव लड्ने

काठमाडौं, २२ असोज । घनश्याम भुषालले एमाले परित्याग गरेका छन् । पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकट नदिएपछि उनले एमाले त्यागेका हुन् । सामाजिक सञ्जाल फेशबुकमार्फत भुषालले एमाले त्यागेको जानकारी दिएका हुन् । उनी माओवादी केन्द्रबाट रुपन्देही १ बाट चुनाव लड्ने बुझिएको छ । गठबन्धनमा माओवादीको भागमा परेको उक्त क्षेत्रमा प्रचण्डले भुषाललाई नै […]

गठबन्धनमा सहमति भए बाराबाट चुनाव लड्छु : किसान श्रेष्ठ

२८ भदौ, दमौली । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा सहमति भए बारा-४ बाट चुनाव लड्ने बताएका छन् । सिमरामा मंगलबार पार्टी कार्यकर्ता तथा स्थानीय युवाहरुसँग कुरा गर्दै उनले आफू आवश्यक परे बारा-४ बाट पनि चुनाव लड्नसक्ने बताएका […]

सिर्जनाको सुझाव, चुनाव एक्लाएक्लै लडौं, कसैको बहुमत नआए गठबन्धन गरौं

सत्ता गठबन्धनमा रहेका दलहरुबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भागवण्डा गरी गठबन्धनका साथ सहभागी हुने निर्णय गरेपछि यसको सबभन्दा बढी असन्तुष्टि नेपाली कांग्रेसमा रहेको छ । यसै क्रममा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले निर्वाचनमा आआफ्नो दलको चुनाव चिन्ह लिएर एक्लाएक्लै भाग लिने र कसैको बहुमत नआए सरकार बनाउन गठबन्धन गर्नुपर्ने धारणा राख्नुभएको …

एउटै चिन्हमा चुनाव लड्ने दलहरुले आयोगलाई अहिल्यै जानकारी दिनुपर्ने

काठमाडौँ – आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्न चाहने दुई वा दुई भन्दा बढी दलले अहिल्यै निर्वाचन आयोगलाई जानकारी दिनुपर्ने भएको छ। गठबन्धन बनाएर चुनावमा जाने पक्कापक्की गरेका दलहरुबीच एउटै चिन्हमा चुनाव लड्नेबारे पनि छलफल भइरहेको छ। विशेष गरी पाँच दलीय गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, […]

गठबन्धनलाई एउटै चुनाव चिन्हमा चुनाव लड्ने सुविधा

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभको नर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरु मिलेर चुनाव लड्ने निर्णय गरेसंगै उनीहरु एउटै चुनाव चिन्हमा पनि चुनावमा भाग लिन पाउने गरी निर्वाचन आयोगले सूचना निकालेको छ । आयोगले शुक्रबार एक सूचना जारी गरी दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यो सुविधा …

माओवादी नेता रञ्जित तामाङद्वारा एमाले अध्यक्ष ओलीसँग चुनाव लड्ने घोषणा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व विद्यार्थी अध्यक्ष रञ्जित तामाङ चुनाव लड्ने भएका छन् । झापा क्षेत्र नम्बर ५ बाट ओलीका विरुद्ध तामाङ चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । सरकारले मंसिर ४ गते चुनावको समिति घोषणा गरेपछि तामाङले ओलीसँग चुनाव लड्ने सार्वजनिक गरेका हुन् ।  पाँच दलीय गठबन्धनमा सहभागी माओवादी नेता तामाङले टिकट पाए चुनाव लड्ने बताए । ‘हामी पाँच दलीय गठबन्धनमा छौ । गठबन्धनमा समझदारी बनाएर चुनावमा होमिनु छ’ तामाङ

मंसिर ४ गते चुनाव तोक्न गठबन्धनमा सहमति

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धन अन्तत: मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएको छ। आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रदेश र प्रतिनिधि सभाको  चुनाव मंसिर ४ मै गर्ने सहमति भएको हो। सहमतिअनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका छन्।निर्वाचन आयोगले भने मंसिर २ गते चुनाव गर्न सुझाव दिएको छ। यसअघि आयोगले पटक पटक मिति तोक्न ताकेता गरे पनि गठबन्धनकै दबाबमा पछि हटेका देउवाले

निर्वाचन मंसिर ४ मा गर्न गठबन्धन सहमत

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्न गठबन्धनमा सहमति जुटेकाे छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको हाे।...

मंसिर ४ मा चुनाव गर्न गठबन्धनमा समझदारी, कहिले तोकिन्छ मिति?

काठमाडौं : सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते प्रदेश तथा प्रतितिनिधसभाको निर्वाचन गर्ने समझदारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको बैठकमा चुनावको मिति तोक्नेबारेमा छलफल भएको थियो। उक्त बैठकमा चुनाव र गठबन्धनका बारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले जानकारी दिए। ‘चुनावका बारेमा छलफल भएको…

मंसिर ४ गते चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति, भोलि मिति घोषणा हुने सम्भावना

मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले रातोपाटीलाई बताए । ती नेताका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ । जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको ती नेताको भनाइ छ।बुधबारको बालुवाटार बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष