मंसिर ४ गते चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति, भोलि मिति घोषणा हुने सम्भावना

मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले रातोपाटीलाई बताए । ती नेताका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ । जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको ती नेताको भनाइ छ।बुधबारको बालुवाटार बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष

सम्बन्धित सामग्री

चुनावी मितिको साइत हेर्दै प्रधानमन्त्री, मंसिर ४ बलियो सम्भावना

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पात्रो हेरेर चुनावको मिति घोषाणा गर्ने तयारी गरेका छन्। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको चुनाव गत असार २२ गते गर्न सरकारलाई आगामी मंसिर २ गते शुक्रबारको मिति प्रस्ताव गरेपछि प्रधानमन्त्री देउवाले साइत हेरेर मात्रै चुनावको मिति घोषणा गर्ने तयारी गरेका हुन्।आयोगको सिफारिसअनुसार मंसिर २ गते शुक्रबार परेकाले उक्त बार आफ्ना लागि शुभ नहुने देखिएपछि देउवाले आइतबारको दिन रोजेका छन्। शुक्रबार र शनिबार देउवालाई उपयुक्त नदेखिएपछि आयोगले दिए