उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार अभियुक्तलाई पक्रेको छ । उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा ६ वर्ष कैद सजाय पाएका चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेका ४० वर्षीय राजेश्वर चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले पक्राउ गरेको हो । फरार प्रतिवादी चौधरी ०७१ साल वैशाख २० गते घटनास्थलबाट फरार भएका थिए। […]