काठमाडौं।नेपाल प्रहरीले विभिन्न मुद्दाका फरार अभियुक्तहरु पक्राउ गरी एक वर्षको अवधिमा ४८करोड६०लाख ५५हजार४३५ रुपैयाँ राजस्व तथा बिगो संकलन गरेको छ।गत आर्थिक वर्ष २०७७/७८ मा ७ हजार ३९० जना फरार अभियुक्त पक्राउ गरी उक्त रकम संकलन गरिएको प्रहरीले जनाएको छ।अघिल्लो आर्थिक वर्षमा प्रहरीले २ हजार ३३२ जना फरार अभियुक्त पक्राउ गरी ३८करोड८९लाख ७४हजार३० रुपैयाँ राजस्व तथा बिगो संकलन गरेको थियो।