गृहमन्त्री बालकृष्ण खाँणले संसद्मा पेश गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ लाई पारित गर्न सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका छन् । लाखौँ नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट वञ्चित हुन नदिन सरकारले संविधान अनुसार सो विधेयक ल्याएको उल्लेख गर्दै त्यसलाई पारित गर्न सहयोग गर्न उनले सांसदहरूलाई अनुरोध गरेका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयक मुलुकको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरू डा. भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले