मेलम्ची नगरपालिकाको नवौं नगरसभाले आगामी वर्षका लागि चालू खर्चतर्फ रु ७६ करोड र पुँजीगततर्फ रु ४२ करोड गरी रु एक अर्ब १८ करोड रकम विनियोजन गरेको छ । नगर प्रमुख डम्बर अर्यालद्वारा आजै प्रस्तुत नीति तथा कार्यक्रममा कोभिड– १९ रोकथाम तथा मेलम्ची इन्द्रावती बाढी प्रभावितलाई प्राथमिकतामा राखिएको छ ।नगरले केही लोकप्रिय कार्यक्रम पनि ल्याएको छ । साठी वर्ष उमेर पुगेका अविवाहित एकल महिला तथा पुरुषलाई मासिक रु एक हजार भत्ताको व्यवस्था, आधारभूत तहसम्मको अध्ययन पूरा गरी विद्यालय छाडेका १६ वर्