वृद्ध भत्ता मासिक ४ हजार पुग्यो, अन्य समुहको सामाजिक सुरक्षा भत्ता कति ? (सुचीसहित)

सरकारले सामाजिक सुरक्षा भत्ताको नयाँ दर सार्वजनिक गरेको छ । मन्त्रीपरिषदको बैठकले यस अघिको सरकारले बढाएको बृद्द भत्ताको दरलाई निरन्तरता दिने निर्णय गरेपछि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागले नयाँ मासिक रकम सार्वजनिक गरेको हो । चालु आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले बृद्धभत्ता सहित सबै खाले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढाएको घोषणा गरेका थिए ।  तर सरकार परिवर्तन भएर शेर बहादुर देउवा नेतृत्वको सरकार बनेसंगै सरकारले बजेट समेत संशोधन गर्ने तयारी गरेको छ । त्यसको लागि सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ ।  बजेट संशोधन गरिने भएपनि सरकारले यस अघिको सरकारले बढाएको वृद्द भत्ता नचलाउने भएको हो ।  आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले बृद्धभत्ता बढाएर ४ हजार पुर्याएका थिए । उनले सबै सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बढाएको बताएको थिए । उनले सामाजिक सुरक्षाको लागि १ खर्ब छुट्याईएको बताएका थिए । सोहि दर अब कार्यन्वयन हुने भएको हो।हेर्नुस् अब कसले कति भत्ता पाउछन् ?   १. ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकले मासिक ४००० रुपैयाँ । २. ६० वर्ष उमेर पुगेका साविक कर्णालीका जिल्लाहरुका नागरिक र देशभरीका दलित नागरिकले मासिक २६६० रुपैयाँ । ३. विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी, बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष उमेर पुगेका एकल महिलाले मासिक २६६० रुपैयाँ ।४. पतिको मृत्यु भएका जुनसुकै उमेरका विधवाले मासिक २६६० रुपैयाँ । ५. सम्बन्धित निकायबाट क वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु (पूर्ण अपाङ्गता भएका ) ले मासिक ३९९० रुपैयाँ ।६. सम्बन्धित निकायबाट ख वर्ग अर्थात् नीलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु (अति अशक्त अपाङ्गता)ले मासिक २१२८ रुपैयाँ । ७. लोपोन्मुख आदिवासी/जनजाति अन्तर्गत कुसुन्डा, बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधियाले मासिक ३९९० रुपैयाँ ।८. बालबालिका अन्तर्गत अनुसूची ५ बमोजिम नेपाल सरकारले तोकेका क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई मासिक ५३२  रुपैयाँ । 

सम्बन्धित सामग्री

सिन्धुलीको फिक्कलमा शिविरबाट भत्ता वितरण

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले विभिन्न वडाहरुमा शिविरको आयोजना गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडा नम्बर ६ बाट सुरू गरेको सामाजिक सुरक्षा भत्ता वितरणको कार्यलाई सबै वडाहरुमा संचालन गरिने गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो । वर्षाको समय र भौगोलिक विकटताका कारण वृद्ध–वृद्धा तथा असक्तहरुलाई भत्ता लिनका लागि आउन जान समस्या हुने […]

सामाजिक सुरक्षा भत्ता वितरणमा सोच्नुपर्ने अवस्था आउनसक्ने चेतावनी

राष्ट्रिय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले राज्यले घोषणा गरेको सामाजिक सुरक्षा भत्ता वितरणमा सोच्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।सोमबार विश्व जनसंख्या दिवगसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै निर्देशक लामिछानेले पछिल्लो तथ्यांकअनुसार वृद्ध जनसंख्याको मात्रा बढ्दै गएकोले राज्यले घोषणा गरेको सामाजिक सुरक्षा भत्ता वितरणमा सोच्नुपर्ने आवश्यक रहेको बताए । निर्देशक लामिछानेले जनसंख्याको बसाईंसराई एकदमै उच्च […]

‘६८ वर्षमा वृद्धभत्ता दिने निर्णय नसच्चाए थप संकट’

काठमाडौं :  सरकारले घोषणा गरेको ६८ वर्षको उमेरमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय परिमार्जन गर्न विज्ञहरुले सुझाव दिएका छन्।केन्द्रिय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार नेपालमा वृद्ध उमेर समूहको जनसंख्या बढ्दै गइरहेकाले यो निर्णयमाथि सरकारले पुनर्विचार गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका हुन्। सोमवार विश्व जनसंख्या दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै विज्ञहरुले वृद्ध उमेर समूहको जनसंख्या बढ्दै गइरहेकाले सरकारले घोषणा गरेअनुसार ६८ वर्ष उमेरमा नै सामाजिक सुरक्ष

अर्घाखाँची - उमेर बढाएर वृद्ध भत्ता लिने व्यक्ति पक्राउ

अर्घाखाँची – नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिने शितगंगा नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शितगंगा १३ सिमलपानीका केशबहादुर भाटलाई नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काले बताउनुभयो । भाटले नागरिकतामा भएको जन्म मिति २०१६।८।२४ लाई केरमेट गरी २०००।८।२४ बनाएर सामाजिक सुरक्षा भत्ता लिएको अनुसन्धानका क्रममा देखिएको छ । भाटको मतादाता परिचय पत्रमा २०१६।८।२४ गते नै रहेको भेटिएको प्रहरीको भनाइ छ । पक्राउ प...

कुमारी बैंकद्वारा चुमनुब्री गाउँपालिकामा वृद्ध भत्ता वितरण

कुमारी बैंकले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पु-याउने कार्य सम्पन्न गरेको छ ।नेपालको विकट स्थानमा रहेको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच नभएकाले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुईदेखि तीन दिनको बाटो हिँड्नुपर्ने कष्टलाई मध्यनजर गरेर बैंकले गाउँमै वृद्धभत्ता पु-याउने कार्य सम्पन्न गरेको हो ।बैंकको व्यापार […]

कुमारी बैंक लिमिटेडद्वारा नेपालको चुमनुब्री गाउँपालिकामा वृद्ध भत्ता वितरण

काठमाडौँ– कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्‍याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पुर्‍याउने कार्य सम्पन्न गरेको छ । नेपालको विकट स्थानमा रहेको गोरखाको चुमनुब्री क्षेत्रमा सडकको पहुँच छैन जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका […]

सामाजिक सुरक्षा भत्ता नपाएपछि भंगहामा ज्येष्ठ नागरिक धर्नामा

जनकपुरधाम – महोत्तरीको भंगहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक धर्नामा बसेका छन्। बिहीवार सीतापुर बजार भंगहामा सामाजिक सुरक्षा भत्ता अपचलनका जिम्मेवार नगरप्रमुख सञ्जीवकुमार साह रहेको भन्दै उनीविरुद्ध वृद्ध नागरिकहरू धर्ना बसेका हुन्। भंगहा नगरपालिका–९ भीमगढका सूर्यमान विश्वकर्माले आफूहरूले तीन–चार किस्ताको वृद्धभत्ता नपाएकाले के कारणले नपाएको बुझ्नका लागि धर्नामा बसेको बताए। त्यस्तै, रमेश यादवले […]

सामाजिक सुरक्षा भत्ता बढाउन स्रोतले धान्ला ?

सुमित सुवेदीहालै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८÷०७९ देखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरे । आर्थिक वर्ष २०५१÷०५२ को बजेटमार्फत पहिलो पटक नेपालमा वृद्ध भत्ताको सुरुवात भएको थियो । १ सय रुपैयाँबाट सुरु गरिएको जेष्ठ नागरिक भत्ता आर्थिक वर्ष २०७६÷०७७ सम्ममा ३ हजार रुपैयाँ पुगिसकेको छ ।२०७४ सालमा तत्कालीन नेकपाले चुनावी घोषणासभामा […]