गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण उपलब्ध गराइने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजार रुपैयाँका दरले निवृत्तिभरण उपब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयाे ।
सङ्घीय सरकारले ६० वर्ष उमेर पुगी निवृत्त हुनेहरूलाई एकमुस्ट २० हजार रुपैयाँ उपलब्ध गराउँदै आएकोमा पालिकाले त्यस रकममा ३० हजार थप गरी एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको अ...