नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक चार हजार रुपैयाँका दरले पेन्सन दिने भएको छ।
२१ पुस, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि पेन्सन दिने भएको छ । यसअघि गाउँपालिकाले कृषकलाई पेन्सन दिने व्यवस्था सुरु गरेको थियो । अब ६० वर्ष उमेर पुगेर अनिवार्य अवकाश लिने स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि प्रोत्साहन स्वरुप मासिक १ हजार पेन्सन दिने व्यवस्था गर्न लागिएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । […]
सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु भएका २६५ योगदानकर्ता आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ । कोषका अनुसार अक्सफाम जीबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उहाँको आश्रित परिवार श्रीमती र सन्ततिले मासिक ९९
काठमाडौं। पहाडी क्षेत्रमा ओखर र फलफूल खेती सुधारका लागि एसियाली विकास बैंक (एडीबी)ले ९अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।नेपाल राष्ट्र बैंकले पेन्सन कोषको २५ करोड ब्याजमा लगानी गर्दैछ। नेप्सेको तथ्याङ्क प्रयोग गर्न गैरनाफामुलक शैक्षिक तथा अनुसन्धानात्मक संस्थाले मासिक ५ हजार रुपैयाँ तिुर्नुपर्ने भएको छ। आयात प्रतिस्थापन गर्न विलासिताका वस्तुमा प्रतिबन्ध लगाउँदा साउनदेखि ९६ अर्ब रुपैयाँ मात्रै भन्सार राजस्व उठ्यो।
काठमाडौं : नेपाल सरकारको तर्फबाट पहिलोपल्ट ३ जना पत्रकारहरुलाई मासिक पेन्सन दिने निर्णय भएकाे छ।यसरी पेन्सन पाउनेहरुमा पद्मभक्त खरेल ७७ वर्ष मासिक दस हजार रुपैयाँ, निरोधराज पाण्डे ७३ वर्ष मासिक सात हजार रुपैयाँ र चिरञ्जीवी अर्याल ६७ वर्ष मासिक पाँच हजार रुपैयाँ रहेका छन्।पत्रकार वृत्तिकोष तथा सञ्चालन समितिका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा यही असार २४ गते बसेको बैठकले निर्णय गरे अनुसार २०७९ साउन महिनादेखि मासिक रुपमा उमेर अनुसार ३ जना जेष्ठ
सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक ४४ हजार रुपियाँसम्म पेन्सन लिन थालेका छन् । कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु भएका १२३ योगदानकर्ता आश्रित परिवारलाई चार हजारदेखि ४४ हजार रुपियाँसम्म पेन्सन वितरण गर्दै आएको छ ।
कोषका कार्यकारी निर्देशक कपिल ज्ञ
सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक ४४ हजार रुपियाँसम्म पेन्सन लिन थालेका छन्। कोषले सामाजिककोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु भएका १२३ योगदानकर्ता आश्रित परिवारलाई चार हजारदेखि ४४ हजार रुपियाँस...
सामाजिक सुरक्षा कोष र वित्तीय संस्थाका कर्मचारीको विवाद अदालतमा विचाराधीन रहेको बेला एक वित्तीय संस्थाका मृतक कर्मचारीका परिवारले भने पहिलो पटक पेन्सन सुविधा लिएका छन् ।कोषले बुधबार लक्ष्मी लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारी दिक्त्तेल रुपाकोट मझुवागढी नपा बस्ने उपेन्द्र भट्टराईका बुबाआमा देराज र ढकमाया भट्टराईले जीवनभर मासिक १६ हजार १९१ रुपैयाँ पाउने गरी सम्झौता गरेको […]
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले गोठालाका लागि भत्ता, कृषकलाई पेन्सन दिने योजना आगामी बजेटमा समावेश गर्ने तयारी गरेको छ । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा गोठालालाई मासिक भत्ता दिने योजना ल्याउने तयारी भएको जानकारी दिए । मन्त्रालयको बजेटमा गोठालाका लागि भत्ता, कृषकलाई पेन्सन र अनुसन्धान केन्द्र स्थापनाको योजना समेत समेटिने उनले बताए ।
‘मन्त्रालयलाई प्राप्त बजेट सिलिङ अनुसार गोठालाका लागि भत्ता, वृद्ध कृषकलाई पेन्सन र अनुसन्धान केन्द्र स्थापनालाई विशेष प्राथमिकतामा राखेको छु,’ उनले भने, ‘यस अघिदेखि सञ्चालनमा रहेका योजनाहरू केलाएर प्राथमिकताका योजनालाई मात्रै निरन्तरता दिइनेछ ।’
यस्तै सिँचाइ कुलो तथा सिँचाइ पोखरी निर्माणलाई प्राथमिकतामा राखिने उनले बताए । क्रमागत योजनाहरू निरन्तर हुने र अन्य नयाँ योजनालाई आगामी बजेटमा समेट्नेगरी मन्त्रालयले तयारी गरेको जानकारी उनले दिए ।
प्रदेशमा रहेका कृषि पेशामा आबद्ध कृषकलाई पेन्सन उपलब्ध गराउन मन्त्रालयको आगामी योजना ल्याउन लागिएको मन्त्री शाहीले प्रस्ट पारे । उनका अनुसार कृषि पेशामा आबद्ध रहँदै ६० वर्ष उमेर नाघिसकेका कृषकका लागि मासिक ५ सय रुपैयाँ पेन्सन उपलब्ध गराइनेछ । कर्णालीका वृद्धवृद्धाका लागि नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आए पनि कृषिमा थप प्रोत्साहन हुनेगरी कृषकलाई मासिक पेन्सन प्रदान गर्न लागिएको उनले बताए ।
यस्तै पशुपालन गरिरहेका कृषक गोठालालाई प्रोत्साहनका लागि भत्ता उपलब्ध गराइने कृषिमन्त्री शाहीले जानकारी दिए । त्यस्ता कृषकलाई मासिक १ हजार भत्ता दिने योजनाका साथ मन्त्रालय तयारीमा लागेको छ । कम्तीमा पाँच भैंसी, पाँच गाई, पाँच चौरी गाई, ५० बाख्रा र ५० भेडा पालेका कृषक ‘गोठालो भत्ता’ योजनाबाट लाभान्वित हुनेछन् । कर्णालीमा पशुपालन प्रवर्द्धनमा सघाउन उक्त कार्यक्रम ल्याउन लागिएको मन्त्री शाहीले बताए ।
प्रदेशलाई कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रमुख चार अनुसन्धान केन्द्र स्थापनाको योजना प्राथमिकतामा राखिएको मन्त्री शाहीले जानकारी दिए । औपचारिक हिसाबले विभिन्न अनुसन्धान केन्द्र स्थापना भए पनि व्यवहारमा कार्यान्वयन नभएको उनको भनाइ छ । ‘त्यसैले व्यावहारिक रूपमै कार्यान्वयन हुनेगरी अनुसन्धान केन्द्र स्थापनाका लागि मन्त्रालयको बजेट विनियोजन गरिनेछ ।’ उनका अनुसार प्रदेशमा कृषि अनुसन्धान, चौरी गाई अनुसन्धान, फलफूल अनुसन्धान र भेडा–बाख्रा अनुसन्धान केन्द्र स्थापना गरिनेछ ।
कर्णालीमा सम्बन्धित विषयक्षेत्रका विज्ञ एवं वैज्ञानिक राखेर अनुसन्धानको दायरा फराकिलो बनाइने मन्त्री शाहीले बताए । ‘अनुसन्धान पश्चात् कृषि तथा पशुपालन व्यवसाय प्रवर्द्धन गर्न सकिने अपेक्षा गरेका छौं, उत्पादन बढे आत्मनिर्भर हुन सकिन्छ, सबै क्षेत्र आत्मनिर्भर भए समग्र मुलुक नै समृद्ध बन्न सक्छ ।’
काठमाण्डाै – अवकाश प्राप्त सरकारी कर्मचारीको मासिक पेन्सन सिधै बैंक खातामा जम्मा हुन सुरु भएको छ । महालेखा नियन्त्रक मधुकुमार मरासिनीले आज निवृत्तिभरण रकम विद्युतीय कोष हस्तान्तरण सेवाको सुरुवात गर्नुभएको छ । यो सेवामार्फत मासिक पेन्सन सिधै बैंक खातामा जानेछ ।
यसबाट निजामती, प्रहरी, जङ्गी र शिक्षकतर्फ झण्डै दुई लाख ७६ हजार सेवा निवृत्त राष्ट्रसेवक प्रत्यक्ष लाभान्वित हुने महालेखा नियन्त्रककको कार्यालयले जनाएको छ ।
सेवाको शुभारम्भ गर्दै मरासिनीले विद्युतीय नेपाल अवधारणा अन्तर्गत यो सेवा सुरु गरिएको बताउँदै छिटो...