अर्घाखाँचीका गाउँगाउँमा उम्मेदवार भोट माग्न घरदैलो अभियानमा व्यस्त छन् । गहुँ–जौ स्याहार्न व्यस्त किसानसँग खेतबारीमै पुगेर मत माग्नेको पनि होडबाजी चलेको छ । तर, भोट किन दिने भन्ने मतादाताको सामान्य प्रश्नमा पनि उम्मेदवारले विश्वासिलो र चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।उम्मेदवारी मनोनयनपछि वडाध्यक्ष, सदस्यसहित पार्टीका नेता–कार्यकर्ता लिएर मत माग्न हिँडेका एमाले र सत्तारूढ गठबन्धनका उम्मेदवारसँग लिखित प्रतिबद्धता र घोषणापत्र नै छैनन् ।