गृहमन्त्रीका भाईले भ्रमपूर्ण आश्वासन बाँडेको आराेप

बुटवल– रूपन्देही तिलोत्तमा नगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाणका भाई रामकृष्ण खाणले मनलाग्दी भ्रमपूर्ण आश्वासन बाँडेको भन्दै अर्थविदहरूले असम्भव कुरा नगर्न आग्रह गरेका छन् । कांग्रेसले तिलोत्तमामा तीन दिनअघि सार्वजनिक गरेको घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई अस्पतालमा रूपान्तरण गर्ने उल्लेख गरेको छ । तिलोत्तमा क्याम्पसका प्राध्यापक तुलसीप्रसाद सापकोटाले अस्पताल निर्माणको छुट्टै आचारसंहिता हुने भन्दै कसैले […]