काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षक (ईसीडी शिक्षक)लाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएका छन् । आज बसेको शिक्षक महासंघका पदाधिकारीहरूसँगको वार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
“ईसीडीका शिक्षकहरूले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो छ,” उनले भने, “सरकारले...