काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षक (इसिडी शिक्षक)लाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताएका छन् । सोमबार शिक्षक महासंघका पदाधिकारीहरुसँगको वार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएको जानकारी दिएका हुन्। ‘इसीडीका शिक्षकहरुले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो छ,’ उनले भने, ‘सरकारले गरेको निर्णय […]