काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९८ दशमलव ६७ प्रतिशत घटेको छ ।
अघिल्लो आवमा कम्पनीले रू. ३ करोड १ लाख नाफा कमाएकोमा गत आवमा रू. ४ लाखमा झरेको छ । गत आवमा कम्पनीको खराब कर्जा उल्लेख्य बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउनु परेका कारण नाफा प्रभावित भएको हो ।
अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा ५ दशमलव ०६ प्रतिशत रहेकोमा गत आवमा बढेर ९ दशमलव ०५ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ५० लाख ९३ हजार छुट्याएकोमा गत आवमा रू. २ करोड ८० लाख छुट्याएको हो । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. २ करोड ६१ लाख ऋणात्मक रहेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. १४ करोड ५२ लाख रहेको छ । कम्पनीले जगेडामा रू. ७ करोड ४८ लाख सञ्चिति गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २८ पैसा, तरलता अनुपात ३७ दशमलव ५६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ५८ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८९ दशमलव ९६ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ५ करोड १९ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ५२ लाख २२ हजारमा झरेको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले, खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको नाफा घटेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २६ दशमलव ९५ प्रतिशत र सञ्चालन नाफा ९२ दशमलव ४७ प्रतिशत घटेको छ । त्यस्तै गत आवमा ४ दशमलव ९२ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा चालू आवमा ९ दशमलव ९१ प्रतिशत पुगेको हो ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ २७ पैसा रहेकोमा चालू आवमा १ रुपैयाँ ४३ पैसा कायम भएको छ ।
चुक्तापूँजी रू. ४८ करोड ५७ लाख रहेको कम्पनीले जगेडामा रू. २४ करोड ३८ लाख र रिटेन्ड अर्निङमा रू. १३ करोड ९ लाख सञ्चित गरेको हो । त्यस्तै चालू आवमा कम्पनीको तरलता अनुपात ८ दशमलव ४७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७७ दशमलव १६ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (Support Laghubitta Bittiya Sanstha Ltd.) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ६३ लाख ३५ हजार मात्र खुद नाफा (Net Profit) गरेको छ । गत वर्षको यसै अवधिसम्म रू. १ करोड ७५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ४२ दशमलव ८८ प्रतिशत कम यो नाफा गरेको हो ।
ब्याज आम्दानी गत वर्षको तुलनामा बढेको कम्पनीको ब्याज खर्च बढ्दा नाफामा असर परेको देखिन्छ । गत वर्ष रू. ११ करोड ७२ लाखभन्दा बढी ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १५ करोड ८ लाखभन्दा बढी ब्याज आम्दानी गरेको हो ।
ब्याज खर्च भने गत वर्ष रू. ६ करोड २९ लाखभन्दा बढी भएकोमा यस वर्ष रू. १० करोड ५६ लाखभन्दा बढी भएको छ ।
यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी गत वर्षभन्दा करीब १७ प्रतिशत कम भएको हो । यस वर्ष रू. ४० लाख १५ हजार खराब कर्जा संकलन गरेको कम्पनीले सम्भावित जोखिम शीर्षकमा कुनै पनि रकम छुट्याएको छैन । तर पनि कम्पनीको सञ्चालन नाफा ६५ दशमलव ७० प्रतिशत कम भएको छ । गत वर्ष रू. १ करोड ७५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६० लाख ३५ हजार मात्र यो नाफा गरेको हो ।
११ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी रू. ९ करोड ५२ लाख ३८ हजार पुर्याएको कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा ११ दशमलव ४४ प्रतिशत कम रू. ३ करोड ६५ लाखभन्दा बढी कायम छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले साढे १२ प्रतिशत बढी रू. २८ करोड ७८ लाख निक्षेप संकलन गरेको छ भने करीब १२ प्रतिशत बढी रू. १ अर्ब ३९ करोड ७० लाख कर्जा प्रवाह गरेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको निष्क्रिय कर्जा घटेको छ । गत वर्ष यस अवधिसम्म ४ दशमलव १४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव २५ प्रतिशतमा झरेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ८६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. १३८ दशमलव ४० रहेको छ ।
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९६ दशमलव ५० प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ४ करोड ५२ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १५ लाख ८२ हजारमा झरेको हो ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी घटेकाले र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३३ प्रतिशत घटेको छ ।
त्यस्तै कम्पनीले गत वर्ष सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ४ करोड ४ लाख छुट्याएकोमा चालू आवमा रू. ६ करोड ७ लाख छुट्याएको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा कम्पनीको सञ्चालन नाफा रू. ४ करोड १९ लाख ऋणात्मक रहेको छ ।
कम्पनीको चुक्तापूँजी रू. ४७ करोड १३ लाख रहेको छ भने चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३५ करोड २२ लाख सञ्चित गरेको छ । कम्पनीले रू. ४ अर्ब ७४ करोड सापटि लिएर,रू. १ अर्ब ४३ करोड निक्षेप संकलन गरेर रू. ६ अर्ब ७४ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ६७(वार्षिक), तरलता अनुपात ३ दशमलव ८७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७४ दशमलव ७२ छ ।
वैशाख २७, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ३ करोड ७९ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४५ दशमलव ७३ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ९९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष सञ्चालन नाफामा पनि खुद नाफाकै अनुपातमा कमी आएको छ ।
गत वर्ष रू. ११ करोडभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोडभन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष सम्भावित जोखिम शीर्षकमा ३७९ दशमलव ७१ प्रतिशत बढी रकम छुट्याएकाले नाफामा असर परेको हो । गत वर्ष रू. २ लाखभन्दा बढी सम्भावित जोखिम शीर्षकमा रकम छुट्याएको कम्पनीले यस वर्ष रू. ९ लाख ९३ हजार छुट्याएको हो ।
३० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. २२ करोड ९० लाख २० हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. ९ करोड ३१ लाखभन्दा बढी कायम भएको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष १८ दशमलव ३८ प्रतिशत कम भएको हो ।
यस वर्ष १२ दशमलव २५ प्रतिशत कम रू. २ अर्ब २३ करोड ४० लाख कर्जा सापटी लिएको कम्पनीले गत वर्षभन्दा करीब १३ प्रतिशत बढी रू. ३ अर्ब ३५ करोड ४५ लाख कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने गत वर्षभन्दा करीब १२ प्रतिशत बढी रू. १ अर्ब ४ करोड ५२ लाख भएको छ । गत वर्ष ४ दशमलव ९१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ८२ प्रतिशतमा झरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. २२ दशमलव शून्य ९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ६७ छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात ५९ दशमलव ७७ गुणा रहेको छ ।
वैशाख २२, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १० करोड ५३ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १६ दशमलव ७५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १२ करोड ६५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष सम्भावित जोखिम शीर्षकमा ७० दशमलव ७२ प्रतिशत कम रू. १ करोड ७७ लाख रकम छुट्याएको कम्पनीको सञ्चालन नाफा १६ दशमलव ३६ प्रतिशत घटेको छ ।
गत वर्ष रू. २० करोभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १६ करोड ७५ लाख मात्र यो नाफा गरेको हो । २१ दशमलव ५० प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. ६५ करोड ५८ लाख ६३ हजार पुर्याएको कम्पनीको जगेडा कोष रकम करीब १८ प्रतिशत बढी रू. ३४ करोड ५२ लाख कायम भएको छ ।
कर्जा सापटी ११ प्रतिशत बढी रू. ३ अर्ब १४ करोड २४ लाख लिएको कम्पनीको कर्जा प्रवाह १२ दशमलव १२ प्रतिशत बढी रू. ५ अर्ब ८८ करोड ७४ लाख भएको छ । गत वर्षभन्दा यस वर्ष १२ दशमलव १५ प्रतिशत बढी रू. २ अर्ब ५६ लाख कम्पनीले निक्षेप संकलन गरेको छ ।
गत वर्ष ३ दशमलव ४७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव शून्य ६ कायम भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव ४३ र प्रतिशेयर नेटवर्थ रू. १५२ दशमलव ६४ छ ।
स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण
वैशाख ७, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार सवा दुई घण्टाको अवधिमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वाधिक धितोपत्र खरीदविक्री भएको छ ।
सो अवधिसम्ममा कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको १३ करोड ९० लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ७१० दशमलव ३० मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको हो । कम्पनीको शेयर कारोबारमा आएको दोस्रो दिनदेखिनै सकारात्मक सर्किट लाग्दै आएको थियो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ३१२ दशमलव ५० पुगेसँगै विक्रेता हावी हुँदा शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २७ हजार ३३० कित्ता विक्री माग रहेको छ भने खरीद माग शून्य रहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १४ दशमलव ३८ अंक घटेर २ हजार ३४२ दशमलव ८६ विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू. ६५ करोड ५२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
काठमाडौ, ४ फागुन । किसान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४ करोड ५२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने २१ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा ३ करोड ७२ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज […]
कात्तिक २५, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९५ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ करोड ६६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ करोड ९१ लाख पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. १ करोड १६ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू.४१ करोड १९ लाख ४४ हजार रहेको छ भने कम्पनीले जगेडामा रू. ३५ करोड ४५ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ३ अर्ब ६ करोड ८५ लाख सापटी लिएर र रू. १ अर्ब ९६ करोड २५ लाख निक्षेप संकलन गरेर रू. ५ अर्ब २३ करोड ५२ लाख कर्जा लगानी गरेको हो ।
त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४७ दशमलव ७५, मूल्य आम्दानी अनुपात ३३ दशमलव ७० गुणा, तरलता अनुपात २९ दशमलव ७८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १८६ दशलमव शून्य ६ रहेको छ ।
यो पनि हेर्नुस् :
३ करोडभन्दा बढी खराब कर्जा उठाएको वोमी लघुवित्तले कमायो १६ करोडभन्दा बढी नाफा
पोखराको बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रबन्ध सञ्चालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् । ३ दशक बैङ्किङ क्षेत्रको अनुभव सँगालेका प्रधान राष्ट्रिय बाणिज्य बैंकको प्रबन्धक पदबाट सेवा निवृत्त हुन् । हालै सम्पन्न कालिका लघुवित्तको सञ्चालक समितिको बैठकले प्रधानलाई प्रवन्ध सञ्चालकमा नियुक्त गरेको हो । संस्थाको हालको निक्षेप १ अरब १६ करोड, कर्जातर्फ ३ अरब र गत आर्थिक वर्षको नाफा ५ करोड ५२ लाख रहेकोमा यस आर्थिक वर्षमा बृद्धि निक्षेप १ अर्ब ६९