कात्तिक २५, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९५ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ करोड ६६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ करोड ९१ लाख पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. १ करोड १६ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू.४१ करोड १९ लाख ४४ हजार रहेको छ भने कम्पनीले जगेडामा रू. ३५ करोड ४५ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ३ अर्ब ६ करोड ८५ लाख सापटी लिएर र रू. १ अर्ब ९६ करोड २५ लाख निक्षेप संकलन गरेर रू. ५ अर्ब २३ करोड ५२ लाख कर्जा लगानी गरेको हो ।
त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४७ दशमलव ७५, मूल्य आम्दानी अनुपात ३३ दशमलव ७० गुणा, तरलता अनुपात २९ दशमलव ७८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १८६ दशलमव शून्य ६ रहेको छ ।
यो पनि हेर्नुस् :
३ करोडभन्दा बढी खराब कर्जा उठाएको वोमी लघुवित्तले कमायो १६ करोडभन्दा बढी नाफा