खराब कर्जा बढेसँगै सामुदायिक लघुवित्तको नाफा प्रभावित

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९८ दशमलव ६७ प्रतिशत घटेको छ ।  अघिल्लो आवमा कम्पनीले रू. ३ करोड १ लाख नाफा कमाएकोमा गत आवमा रू. ४ लाखमा झरेको छ । गत आवमा कम्पनीको खराब कर्जा उल्लेख्य बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउनु परेका कारण नाफा प्रभावित भएको हो ।  अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा ५ दशमलव ०६ प्रतिशत रहेकोमा गत आवमा बढेर ९ दशमलव ०५ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ५० लाख ९३ हजार छुट्याएकोमा गत आवमा रू. २ करोड ८० लाख छुट्याएको हो । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. २ करोड ६१ लाख ऋणात्मक रहेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. १४ करोड ५२ लाख रहेको छ । कम्पनीले जगेडामा रू. ७ करोड ४८ लाख सञ्चिति गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २८ पैसा, तरलता अनुपात ३७ दशमलव ५६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ५८ रहेको छ ।   रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

पहिलो त्रैमासमा वाणिज्य बैंकको अवस्था : खराब कर्जा बढ्दा नाफामा गिरावट

फेरि बढ्यो बैंकहरूको खराब कर्जा अनुपात, वाणिज्य बैंकको नाफामा १८.६० प्रतिशतको ह्रास, सरकारी स्वामित्वको कृषि विकास घाटामा चालू आव ०८०/८१ को पहिलो त्रैमास (असार–असोज)मा वाणिज्य बैंकहरूको निष्क्रिय (खराब) कर्जा अनुपात पुनः...

अहिलेकाे अर्थतन्त्र र खराब कर्जा

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेअनुसार २०८० वैशाख मसान्तसम्ममा ‘क’ वर्गका वाणिज्य बैंकको खराब कर्जा ३.२३ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकको ३.४० प्रतिशत र ‘ग’ वर्गका वित्तीय संस्थाको ८.१९ प्रतिशत रहेको देखिन्छ । यसरी हेर्दा यी सबै बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा ३.३४ प्रतिशत छ । हालै सार्वजनिक भएका तथ्यांकबाट आर्थिक वर्ष २०७९/८० […]

खराब कर्जा घटाउन सकेनन् बैंकले

चालु आर्थिक वर्षमा खराब कर्जा घटाउन नसक्दा बैंक तथा वित्तीय संस्थाहरूलाई तनाव भएको छ । अर्थतन्त्रमा आएको सुस्तता र कर्जाको उच्च ब्याजदरका कारण बैंकहरूले खराब कर्जा घटाउन नसकेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्ममा ‘क’ वर्गका वाणिज्य बैंकको खराब कर्जा ३.२३ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकको ३.४० प्रतिशत र ‘ग’ वर्गका वित्तीय संस्थाको […]

एक वर्षमा खराब कर्जा दोब्बर

पछिल्लो एक वर्षमा वाणिज्य तथा विकास बैंकहरूको खराब कर्जा दोब्बरभन्दा धेरैले बढेको छ । चालु आर्थिक वर्षको माघ महिनाको आर्थिक विवरणलाई गत आवको माघसँग तुलना गर्दा खराब कर्जा दोब्बरभन्दा धेरै देखिएको हो । गत असारकै तुलनामा पनि माघमा बैंकहरूको खराब कर्जा अत्यधिक बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १.२० प्रतिशत रहेको बैंकहरूको […]

रावा बैंकबाहेक सबैको बढ्यो खराब कर्जा

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको खराब कर्जा उल्लेख्य मात्रामा बढेको छ । दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका २० वाणिज्य बैंकमध्ये १९ को खराब कर्जा बढेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले भने खराब कर्जा घटाएको छ । यद्यपि, खराब कर्जा झिनो प्रतिशतले मात्रै घटेको तथ्यांकले देखाएको छ । […]

वाणिज्य बैंकको खराब कर्जा ५० अर्ब रूपैयाँ माथि

२७ वाणिज्य बैंकहरूले अघिल्लो आर्थिक वर्षमा २८ खर्ब ८६ अर्ब २७ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए। त्यस अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात औसतमा १.७३ प्रतिशत अर्थात ४९ अर्ब ९२ करोड १० लाख रूपैयाँ थियो। गत आर्थिक वर्ष सबै वाणिज्य बैंकहरूले ३६ खर्ब...

२१ वाणिज्य बैंकको खराब कर्जा घट्यो

काठमाडौं, माघ १४। कोभिड–१९ ले व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा अधिकांश वाणिज्य बैंक खराब कर्जा घटाउन सफल भएका छन् । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २७ ओटा वाणिज्य बैंकमध्ये अधिकांश खराब कर्जा घटाउन सफल भएका हुन् । २७ ओटा वाणिज्य बैंकमध्ये २१ ओटा बैंक खराब कर्जा घटाउन सफल भएका छन् । […]

८ वटा विकास बैंकमध्ये अधिकांश खराब कर्जा घटाउन सफल

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका अधिकांश विकास बैंक खराब कर्जा घटाउन सफल भएका छन् । गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा राष्ट्रियस्तरका आठवटा विकास बैंकमध्ये पाँचवटा विकास बैंकले खराब कर्जा घटाउन सफल भएका हुन् । खराब कर्जा घटाउनेमा मुक्तिनाथ, साइन रेसुङ्गा, सांग्रिला, लुम्बिनी र महालक्ष्मी विकास बैंक रहेका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा महालक्ष्मी विकास बैंकले सबैभन्दा बढी खराब कर्जा घटाउन सफल भएको छ । गत आर्थिक वर्षको दोस्रो ...

बैंकहरुले घटाए खराब कर्जा, कुन बैंकको कति ?

२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा बैंकहरुले खराब कर्जा अनुपात घटाएका छन् । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निष्क्रिय कर्जा औसतमा ०.४३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात १.५९८ प्रतिशत थियो । गत आर्थिक वर्षको […]