नाडेप लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, अन्य सूचक कस्ता ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८९ दशमलव ९६ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ५ करोड १९ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ५२ लाख २२ हजारमा झरेको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले, खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको नाफा घटेको हो ।  गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २६ दशमलव ९५ प्रतिशत र सञ्चालन नाफा ९२ दशमलव ४७ प्रतिशत घटेको छ । त्यस्तै गत आवमा ४ दशमलव ९२ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा चालू आवमा ९ दशमलव ९१ प्रतिशत पुगेको हो । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ २७ पैसा रहेकोमा चालू आवमा १ रुपैयाँ ४३ पैसा कायम भएको छ ।  चुक्तापूँजी रू. ४८ करोड ५७ लाख रहेको कम्पनीले जगेडामा रू. २४ करोड ३८ लाख र रिटेन्ड अर्निङमा रू. १३ करोड ९ लाख सञ्चित गरेको हो । त्यस्तै चालू आवमा कम्पनीको तरलता अनुपात ८ दशमलव ४७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७७ दशमलव १६ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्