काठमाडौं : कोभिड–१९ संक्रमण बढ्दै गएपछि वैशाख ६ गतेबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द हुँदै छन्। विद्यालय बन्द भए पनि वैकल्पिक प्रणालीबाट पढाइ सुचारु गर्न सरकारले भनेको छ। अतिप्रभावित जिल्लाहरू काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका विद्यालय बन्द हुनेछन्। तर सरकारले निर्देशन दिएजस्तै अनलाइन कक्षा चलाउन सजिलो छैन। पढाइ चुनौतीपूर्ण हुने देखिएको छ। तर, यसलाई प्रभावकार