काठमाडौं : चीनमा आजदेखि शीतकालीन ओलम्पिक आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ।शीतकालीन ओलम्पिकको २४औं संस्करण चिनियाँ राष्ट्रपति सि जिन फिङले उद्घाटन गर्नेछन्। ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलगायत विभिन्न देशका राष्ट्र प्रमुखहरु सहभागी हुनेछन्। भारतले भने कुटनीतिक बहिष्कार गर्ने भएको छ। अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायत केही देशले पनि कुटनीतिक बहिष्कार गर्ने बताइसकेका छन्। कुटनीतिक रुपमा बहिष्कार गरेपन