चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । तर भारतले कुटनीतिक बहिष्कार गर्ने भएको छ ।
भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भारतीय विदेश मन्त्रालयलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले ओलम्पिकको बहानामा राजनीति गरिरहेको टिप्पणी गर्नुभएको छ ।
यो ओलम्पिकलाई लिएर अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका केही देशले पनि कुटनीतिक बहिष्कार गर्ने यसअघि नै जनाइसकेका छन् । पछिल्ला वर्ष भारत र चीनबीच गलवानको विवाद आएको छ । दुई देशबीच उच्च तहमा वार्ता भए प...