५६ वर्षीय अभिनेता प्रकाश राजले आफ्नी श्रीमती पोनी वर्मासँग दोस्रोपटक विवाह गरेका छन् । अगस्त २४ अर्थात मंगलबार प्रकाशराज र पोनीबीच विवाह भएको ११ बर्ष पूरा गरेको थियो । सो अवसरमा उनीहरुले फेरि विवाह गरेका हुन् । उनीहरुको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । प्रकाश राजले पोनी बर्मासँग आफ्ना छोराछोरीको अगाडि फेरि विवाह गरेका हुन् । अहिले प्रकाशराजले परिवारसँगको धेरै तस्बिरहरु समेत बाहिर ल्याएका छन् । जुन फ्यानले मन पराएका छन् ।प्रकाश राजले विवाहको बिषयमा ट्वीट गरेका छन् । &lsquo