अमेरिका र बेलायतले काबुल विमानस्थलबाट टाढा बस्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन् । त्यसैगरी सुरक्षा चुनौतीका कारण त्यही नघुम्न पनि आग्रह गरिएको छ । बुधबार दुबै देशले एकपछि अर्को निर्देशिका जारी गरेका हुन् । जबकी, विमानस्थलमा हजारौं व्यक्तिहरु उद्धार उडानको प्रतिक्षामा बसिरहेका छन् र काबुलबाट अहिलेसम्म ८२ हजार जनालाई एयर लिफ्ट गरिएको छ । १० दिनअघि तालिवानले काबुल कब्जा गरेको थियो । ३१ अगस्टमा काबुलबाट आफ्नो सेना फर्काइ सक्नुपर्ने भएकाले धेरै देशहरुले आफ्ना नागरिक निकाल्न हतारो गरिरहेका