काबुल विमानस्थलमा अस्तव्यस्तता हुनुमा अमेरिका दोषी : तालिबान

काबुल विमानस्थलमा अस्तव्यस्तता हुनुमा अमेरिका दोषी रहेको तालिबानले आइतवार बताएका छन् ।  अमेरिकाले सुरक्षा जोखिम बढेको चेतावनी दिएको छ र युरोपेली संघले सबैलाई बाहिर निकाल्न सम्भव नभएको स्वीकार गरेको छ । तालिबानले पहिलेको भन्दा नरम शासन चलाउने बताएको छ ।  तैपनि डराएका अफगानहरू भाग्न कोशिश गरिरहेका छन् । यसले गर्दा काबुल विमानस्थलमा त्रासदी झन् झन् गहिरिएको छ । अमेरिका र उसका साझेदारले अफगानिस्तानबाट सुरक्षित बाहिर निस्कन चाहनेहरूको विशाल संख्यालाई व्यवस्थापन गर्न सकिरहेका छैनन् ।  ‘त्यत्रो श...

सम्बन्धित सामग्री

सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेनाले काबुल छोडे

अमेरिकी सेनाको अन्तिम सैन्य विमान काबुल विमानस्थलबाट उडान भरे लगत्तै अफगानिस्तानमा दुई दशकसम्म रहेको अमेरिकाको उपस्थिति अन्त्य भएको छ । अधिकारीहरुले सी १७ विमानले अमेरिकी राजदूतलाई लिएर मंगलबार अबेर राति अमेरिका फर्केको बताएका छन्। अमेरिकी बर्हिगमन प्रकृया अन्तगर्तको अन्तिम विमान काबुल विमानस्थल छोड्दा तालिबान लडाकूले हवाई फायरिङ गरेर उत्सव मनाएका छन् । १४ अगष्टमा तालिबान बिद्रोही काबुल प्रबेश गरेदेखि अमेरिका नेतृत्वको नेटो सेनाको बर्हिगमन प्रकृयाले तीब्रता पाएको थियो । अमेरिकाको उच्च सैन्य कमाण्डर जेन केन्नेथ म्याक्कैन्जीले अमेरिका र गठबन्धन सेनाको सहयोगमा एक लाख २३ हजार सर्वसाधारण काबुलबाट निकालिएको बताउनुभयो । दैनिक औसतमा सात हजार पाँच सय जनाले काबुल छोडेका छन् ।

विदेशी सेना नहटेसम्म सरकार बनाउँदैनौँ : तालिबान

संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिबान समूहले बताएको छ।तालिबान एक नेताले भने, ‘अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनको घोषणा नगर्ने निर्णय भएको छ।’यो भनाइलाई पुष्टि गर्न सोधिएको प्रश्नमा अर्का एक नेताले पनि सोही कुरा बताए। काबुल विमानस्थल अस्तव्यस्त रहँदा संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले आगामी हप्ताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति विस्तार ग