जुम्ला आगलागी अपडेटः हेदा हेर्दै खरानी भयो बस्ती, ३० घर, ७० पशुचौपाया जलेर नष्ट

जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् । प्रहरी नायव उपरीक्षक काफ्लेका ३० घरसहित १७ गाई, २३ गोरु र ३० भेडाबाख्रा सहित ७० पशुचौपाया पनि जलेर नष्ट भएका छन् । घटनास्थलमा नेपाल प्रहरी सशस्त्र प्रहरी पुगिसकेको र क्षतिको विवरण थप आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

आगलागी पीडित गिरीलाई राहत वितरण

जुम्ला । जुम्लाको गुठिचाैर गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ। गुठिचौर गाउँपालिका - ३ गर्ज्याङकोटका आगलागी पीडित गोपाल गिरीलाई राहत वितरण गरिएको हो । शनिबार गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी)ले पीडितको घरमै पुगेर राहत

जुम्लामा आगलागीबाट तीन तले घर जलेर नष्ट

जुम्ला । जुम्लाको गुठिचौर ३ गर्जाङ्कोटमा अवस्थित एक घरमा आगलागी भएको छ । स्थानीयवासी गोपाल गिरीको घरमा आगलागी भएको हो । बुधबार बेलुका ५ बजे तिर आगलागी भएको झारज्वला प्रहरी चौकीका सई जगत बहादुर

आगलागीमा जुम्लाको १७ कोठे घर जल्यो

जुम्ला : जुम्लामा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ।चन्दननाथ नगरपालिका-३ निवासी लालबहादुर खत्रीको १७ कोठे घर जलेर नष्ट भएको  जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार १७ कोठा भएको ४ तले घर जलेर नष्ट भएको छ।घरमूली नरेन्द्र खत्रीका अनुसार गएराति २ बजेर ३० मिनेटमा आगलागी भएको हो। प्रहरीलाई बिहान ६ बजेमात्र खबर भएको पाइएको छ।आगलागीबाट अन्न, लत्ताकपडा, भाँडाकुँडा र महत्वपूर्ण सामान जलेर नष्ट भएको चन्दननाथ-४ का वडाध्यक्ष रतन खत्रीले बताए।प

आगलागी हुँदा दुई घर जलेर नष्ट

जुम्ला – तिला गाउँपालिका–८ जुम्ला पुरुगाउँको एक घर आगलागीबाट पूर्णरुपमा नष्ट भएको छ । पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति साढे ११ बजे अचानक आगलागी भएको थियो । उक्त आगलागीबाट ढुङ्गा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घरभित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपात, २७ वटा […]

जुम्लामा आगलागीबाट ३५ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

जुम्ला तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन्। ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए। उनका अनुसार आगो नियन्त्रण बाहिर छ।

जुम्लाको गोठी गाउँमा आगलागी ३० घर जलेर नष्ट

जुम्ला-यहाँको तिला गाउँपालिका वडा नं. ७ को गोठी गाउँमा भीषणा आगलागी हुँदा ३० वटा घर जलेर खरानी भएका छन् । मंगलबार साँझ ५ बजेतिर आगलागी भएको बुझिएको छ । भने, सदरमुकामबाट करिब ४२ किलोमिटर टाढा रहेको उक्त गोठी गाउँमा आगलागी हँुदा गाउँमा रहेका जम्मा ५५ घर मध्य ३० घर जलेर नष्ट भएको घटनास्थलमा पुगेका प्रहरी […]

१६ घन्टापछि निभ्यो आगो, गाउँ सखाप, २६ घर जले, १६७ जनाको बिचल्ली

जुम्ला : तिला गाउँपालिका–७ गोठीगाउँमा मंगलबार साँझ आगलागी हुँदा २६ घर जलेर नष्ट भएका छन् । चार, पाँच वटा घर मात्रै जोगिएका छन् । उक्त घटनाका कारण १ सय ६७ जनाको बिचल्ली भएको छ । ३७ गाईगोरु र २६ भेडाबाख्रा मरेका छन् । १ लाख ५० हजार नगद जलेको छ । सँगै धेरै खरायो, कुखुरा मरेको जानकारी स्थानीयले दिएका छन् । एक्कासि आगो फैलिएपछि घरबाट कसैले केही निकाल्न नपाएको स्थानीय लालबहादुर रोकायले बताए । ‘सबै चिज हेर्दाहेर्दै आँखै अगाडि जल्यो । गोठमा भएका गाईगोरु पनि भित्रै मरे ।भेँडा, बाख्रा, कुखुरा, खरायो पनि भि...

जुम्ला गाेठीगाउँ आगलागी : हेर्दाहेर्दै खरानी भयाे बस्ती

जुम्ला – जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् ।   प्रहरी नायब उपरीक्षक (डीएसपी) काफ्लेका ३० घरसहित १७ गाई, २३ गोरु र ३० भेडा–बाख्रासहित ७० पशुचौपाया पनि जलेर नष्ट भएका छन् । घट...

जुम्लाकाे गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट, दुई दर्जन चौपाया मरे

जुम्ला – जुम्लाको तिला गाउँपालिका-७ गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट भएका छन् ।  हिजो मंगलबार राति ७ बजेदेखि सुरु भएकाे आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी छ । आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट...

स्टेसनरीमा आगलागी,साढे ४२ लाखको क्षति

जुम्ला बजारको कार्कीबाडाअवस्थित जीपी स्टेसनरीमा आगलागी हुँदा लाखौंको सामग्री जलेर नष्ट भएको छ। नीजि तथा सामुदायिक विद्यालयका