जुम्ला गाेठीगाउँ आगलागी : हेर्दाहेर्दै खरानी भयाे बस्ती

जुम्ला – जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् ।   प्रहरी नायब उपरीक्षक (डीएसपी) काफ्लेका ३० घरसहित १७ गाई, २३ गोरु र ३० भेडा–बाख्रासहित ७० पशुचौपाया पनि जलेर नष्ट भएका छन् । घट...

सम्बन्धित सामग्री

तिलाका आगलागीपीडित आवास बनाइदिन आग्रह गर्दै

जुम्ला : जुम्ला तिला गाउँपालिका-७, गोठीगाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै बस्ती खरानी बनायो।बलिरहेको आगो निभाउन न पानी थियो, नत कुनै अन्य उपाय! आगलागी भएको टुलुटुलु हेरि रहनुको विकल्प थिएन। हेर्दाहेर्दै बस्ती खरानीको थुप्रोमा परिणत भयो।सो बस्तीमा अहिले स्थानीय जान पनि डराउने अवस्था छ। जताततै आगोमा डढेका सामान र संरचनाका कालो थुप्रो मात्रै देखिन्छ। आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा र बस्तुभाउ सबै जलेर नष्ट भएका थिए।

१६ घन्टापछि निभ्यो आगो, गाउँ सखाप, २६ घर जले, १६७ जनाको बिचल्ली

जुम्ला : तिला गाउँपालिका–७ गोठीगाउँमा मंगलबार साँझ आगलागी हुँदा २६ घर जलेर नष्ट भएका छन् । चार, पाँच वटा घर मात्रै जोगिएका छन् । उक्त घटनाका कारण १ सय ६७ जनाको बिचल्ली भएको छ । ३७ गाईगोरु र २६ भेडाबाख्रा मरेका छन् । १ लाख ५० हजार नगद जलेको छ । सँगै धेरै खरायो, कुखुरा मरेको जानकारी स्थानीयले दिएका छन् । एक्कासि आगो फैलिएपछि घरबाट कसैले केही निकाल्न नपाएको स्थानीय लालबहादुर रोकायले बताए । ‘सबै चिज हेर्दाहेर्दै आँखै अगाडि जल्यो । गोठमा भएका गाईगोरु पनि भित्रै मरे ।भेँडा, बाख्रा, कुखुरा, खरायो पनि भि...