१६ घन्टापछि निभ्यो आगो, गाउँ सखाप, २६ घर जले, १६७ जनाको बिचल्ली

जुम्ला : तिला गाउँपालिका–७ गोठीगाउँमा मंगलबार साँझ आगलागी हुँदा २६ घर जलेर नष्ट भएका छन् । चार, पाँच वटा घर मात्रै जोगिएका छन् । उक्त घटनाका कारण १ सय ६७ जनाको बिचल्ली भएको छ । ३७ गाईगोरु र २६ भेडाबाख्रा मरेका छन् । १ लाख ५० हजार नगद जलेको छ । सँगै धेरै खरायो, कुखुरा मरेको जानकारी स्थानीयले दिएका छन् । एक्कासि आगो फैलिएपछि घरबाट कसैले केही निकाल्न नपाएको स्थानीय लालबहादुर रोकायले बताए । ‘सबै चिज हेर्दाहेर्दै आँखै अगाडि जल्यो । गोठमा भएका गाईगोरु पनि भित्रै मरे ।भेँडा, बाख्रा, कुखुरा, खरायो पनि भि...