जुम्लामा आगलागीबाट ३५ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

जुम्ला तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन्। ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए। उनका अनुसार आगो नियन्त्रण बाहिर छ।

सम्बन्धित सामग्री

आगलागीले एक घर जलेर नष्ट

काठमाडौँ – ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो । आज दिउँसो घरमा कोही नभएको समयमा भएको आगलागीबाट टिनको छानो भएको कच्ची घर जलेको मेरिङ्देन गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले जानकारी दिए । समयमा नै आगो नियन्त्रण नहुँदा घरसहित घरभित्र रहेका सम्पूर्ण […]

सुर्खेतको  सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट

सुर्खेत ।  पश्चिम सुर्खेतको बराहताल गाउँपालिका– २ स्थित सिस्नेरीमा आगलागी हुँदा  नौ वटा  घर जलेर नष्ट भएका छन् । आगलागीबाट नौ वटै फुसका छाना पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका  सुचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए । सिस्नेरी बस्तीमा  १८ घरधुरी रहेका छन् । उनले भने ,‘आगो सिस्नेरी सामुदायिक वनका लागेको हो । नजिकै बस्ती भएकाले  तत्काल आगो नियन्त्रण गर्न नसक्दा  बस्तीमा आगो पसेको हो ।'आगो नियन्त्रण गर्न प्रह

ताप्लेजुङ दोभान बजारमा आगलागी : ३५ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

काठमाडौं । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर…

ताप्लेजुङको दोभानमा ३ घण्टादेखि आगलागी, नियन्त्रणमा लिन हम्मेहम्मे

ताप्लेजङको दोभान बजारमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार दोभान बजारमा बाक्लो बस्ती भएकाले आगो नियन्त्रणमा आइसकेको छैन् ।   अहिले प्रहरीले स्काभेटरबाट अन्य घरहरू आगलागीबाट जोगाउनको लागि भत्काइरहेको छ । अग्नि नियन्त्रक यन्त्रबाट पानी बोकेर निभाउने काम भइरहेको प्रवक्ता पोखरेलले बताए ।  बिहान ८ बजेदेखि लागेको आगो के कारणले लागेको भन्ने पुष्टि भइसकेको छैन । बजारमा ग्यासका सिलिन्डरहरू पड्किरहेकाले आगो नियन्त्रण गर्न ...

वसन्तपुरमा शुक्रबार आगलागी हुँदा डेढ करोडभन्दा बढी क्षति

सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका वडा नम्बर–५ बसन्तपुरको बंगाली टोलमा शुक्रवार राति भएको आगलागीबाट नौ परिवारको १२ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट डेढ करोड भन्दा बढीको क्षति भएको छ । आगलागी पछि शनिबार विहान अग्नी पीडित परिवारलाई हरिनगर गाउँपालिकाको अध्यक्ष गफार अन्सारी मियाँको नेतृत्व टोलीले राहत उपलब्ध गराएको छ । बसन्तपुरमा आगलागी भएको खबरपछि पालिका अध्यक्ष अन्सारी राति नै सो स्थानमा पुगेर आगो नियन्त्रण गर्न पुग्नुभएको थियो । अग्निपीडितहरुलाई हरिनगर गाउँपालिकाले जनही पाँच हजार रुपियाँको दरले उपलब्ध गराएको छ । उनीहरुलाई जनही चामल २५ केजी, च्युरा पाँच केजी, खाने तेल, नुन एक केजी, भाडावर्तन १५ थान, कम्बल दुई थान, झुल एक थान, मेट दुई थान र भुजा एक पाकेट लागयतको सामाग्री उपलब्ध गराएको छ । यसैगरी सोही ठाउँमा नेपाल रेडक्रस सोसाइटी हरिनग्र उपशाखाले पनि अग्निपीडितहरुलाई राहत उपलब्ध गराएको छ । उनीहरुलाई जनही भाडावर्तन, त्रिपाल एक थान, कम्वल दुई थान, पुरुष, महिला र बच्चालाई कपडा सेट, भुजा एक पाकेट उपलब्ध गराएको रेडक्रस हरिनगर उपशाखाका सभापति कृष्ण प्रसाद देवले जानकारी दिनुभयो । इनरुवा नगरपालिका र कोशी गाउँपालिकाबाट आएको बारुण यन्त्र र जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिएको थियो ।

आफ्नै घरमा आगो लगाउने व्यक्ति पक्राउ

अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिका–७, लामाताल बस्ने २१ वर्षीय अनिल पुनलाई आफ्नै घरमा आगो लगाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पुनले रक्सी खाएर घरमा आगो लगाउँदा घर जलेर नष्ट भएको हो । आगालागीबाट झण्डै ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रण...

ओखलढुंगाको मानेभञ्ज्याङमा आगलागी : चार घर जलेर नष्ट, एक जना घाइते

ओखलढुंगा – मानेभञ्ज्याङ गाउँपालिका वडा नं. २, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।  आगोमा परेर पशु चौपाया तथा घरका धनमाल पूर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रण गर्ने क्रममा एक जना घाइते भएका छन् । घाइते हुनेमा वाक्साका ६५ वर्षीय अमृतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीका दुवै हात सामान्...

आगलागीबाट दलितबस्तीका दर्जन बढी घर जलेर नष्ट

बारा : बाराको महागढीमाई नगरपालिकास्थित कबही जब्दीमा शनिबार आगालगी हुँदा दर्जन बढी घर जलेर नष्ट छन्। स्थानीय भजन रामको घरबाट सल्केको आगो फैलिएर दलित बस्तीको दर्जन बढी फुसका घर जलेका हुन्।  अपरान्ह लागेको आगो बारुण यन्त्र, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रण लिन बीरगञ्ज उपमहानगरपा...