नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख र कुशल भुर्तेल अभ्यास खेलका क्रममा घाइते भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले टिममा दुई ओपनर घाइते भएकाले उनीहरुको ठाँउमा नयाँ खेलाडी राख्नका लागि तयारी गरिरहेको बताएका छन् ।‘टुरको समयमा दुई खेलाडी घाइते भएका छन् । आसिफको अलि धेरै चोट छ । कुशलको कम छ । उनीहरुको रिप्लेसमेन्टका लागि छलफल भइरहेको छ,’ मल्लले रातोपाटीसँग भने । नेपाल टिमका विकेटकिपर आसिफको नेपाल अलस्टारविरुद्धको खेलअघि अभ्यासको क्रममा घुँ